इलाम/स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले इलाम जिल्लालाई आठदेखि दश वटा स्थानीय तह बनाउने भन्नेमा मतभेद जारी भए पनि प्रस्ताव पारित भने भएको छ । ilam प्राविधिक सहयोग समितिले केन्द्रले तोकी पठाएको आठवटा संख्या र स्थानीय राजनीतिक दलहरुले सहमति गरेको स्थानीय तहको दशवटा संख्यामा दुवैमा सहमति गरी अन्तिम रुप दिएको हो । यसरी तयार पारेको खाकामा पनि ८ वटा संख्या हुनेमा नेकपा एमाले र नयाँशक्ति नेपालले सहमति गरेका थिए । यस्तै दशवटा तह बन्नेमा एमाले र नया शाक्ति बाहेक छन् । आठवटा स्थानीय तह बनाउने खाकामा पहिलो क्लष्टर अन्तर्गत माई गाउँपालिका रहने छ । यसमा महमाई, दानाबारी चिसापानी गाविसको सबै वडा र लक्ष्मीपुरको वडा नम्बर ५ रहने छ । यसको केन्द्र शितली बजार रहने छ । त्यस्तै २ नम्बर क्लष्टरमा बाँझो साकफारा र चुलाचुली गाविस मिलाएर फाल्गुनन्द गाउँपालिका बनाउने र केन्द्र शिखरकटेरी रहनेछ । यसैगरी ३ नम्बर क्लष्टर अन्तर्गत इभाङ, गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक, फाकफोक, एकतप्पा गाविस र चमैताको ९ नम्बर वडा रहने सहमति भएको छ । यसको केन्द्र देउमाई फाकफोक आसपास रहने छ । उता, ४ नम्बर क्लष्टर अन्तर्गत देउमाई नगरपालिका जीतपुर, सिद्धिथुम्का शान्तिडाँडा, पुवामझुवा चमैताको ९ नम्बर बाहेक र साङरुम्बाको ७, ८ र ९ नम्बर वडा रहने र यसको केन्द्र देउमाई नगरपालिका रहने छ । यसैगरी, ५ नम्बर क्लष्टर इलाम नगरपालिकामा साविकको इलाम नगरपालिका, गोदक, सोयाक, बरबोटे, सुम्बेक, सुलुबुङ, माइपोखरी, माइमझुवा गाविस र साङरुम्बाको वडा नम्बर १ देखि ६ सम्म रहने छन् । यसको केन्द्र इलाम राखिने छ । यस्तै, ६ नम्बर क्लष्टर माइजोगमाई गाउँपालिकामा नयाँबजार, नामसालिङ, सोयाङ, जमुना, प्याङ गाविस र जोगमाईको १ देखि ७ नम्बर वडासम्म रहनेछ । यसको केन्द्र नयाँबजार रहने छ । यसैगरी, सूयोदय नगरपालिकामा हालको सूर्योदय नपा, समालबुङ, श्रीअन्तु, पशुपतिनगर, गोर्खे जोगमाईको ८ र ९ नम्बर वडा रहने छन् । यसको केन्द्र हालको फिक्कलमा राखिने छ भने ८ नम्बर क्लष्टरको रोङ गाउँपालिकामा कोलबुङ, इरौंटार, जिर्मले, शान्तिपुर गाविस र लक्ष्मीपुरको ५ नम्बर बाहेक अन्य सवै वडा रहने छन् । यसको केन्द्र कोलबुङमा रहने छ । यता दलहरुले सहमति गरेका दशवटा क्लष्टर मध्ये पहिलोमा फाल्गुनन्द गाउँपालिकामा चुलाचुली गाविस र साकफाराको १ र २ नम्बर वडा रहने तथा केन्द्र पेल्टीमारीमा राख्ने सहमति भएको छ । यस्तै २ नम्बर क्लष्टरमा रहेको माङसेबुङमा इभाङ, बाँझो र साकफाराको ३ देखि ९ वडासम्म रहने र केन्द्र चतुरेबजार रहने छ । यसैगरी, ३ नम्बर क्लष्टरमा महमाई दानाबारी चिसापानी र लक्ष्मीपुर गाविसको ५ नम्बर वडा रहने गरी माई गाउँपालिका रहने सहमति भएको छ । यसको केन्द्र शितलीबजार रहने छ । यस्तै, ४ नम्बर क्लष्टरमा गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक, फाकफोक, एकतप्पा, र चमैताको ९ नम्बर वडा रहने गरी फाकफोकथुम गाउँपालिका बनाउने सहमति भएको छ । यसको केन्द्र दशमी, आमचोक, दोभान वा खडकुडेकध्ये कुनै एक रहनेछ । यस्तै देउमाई नगरपालिकामा हालको देउमाई नपा, जीतपुर सिद्धिथुम्का, साङरुम्बा ७, ८ र ९ वडा, भमैताको १ देखि ९ वडासम्म रहने छ । यसको केन्द्र देउमाईमै राख्ने सहमति भएको छ । यता, इलाम नगरपालिकामा हालको इनपा, गोदक, सोयाक, साङरुम्बा, १ देखि ६, पुवामझुवा ५ बाहेक सवै, बरबोटे सुम्बेक, साँखेजुङ र माइपोखरीको १, २ र ३ वडा रहने छन् । यसको केन्द्र इलाम बजार रहने छ । उता माईजोगमाई गाउँपालिकामा नयाँबजार, जोगमाईको १ देखि ७ वडासम्म, नामसामलिङ, प्याङ र सोयाङ रहने र केन्द्र नयाँबजार राख्ने गरी सहमति भएको छ । यस्तै, सूर्योदय नगरपालिकामा हालको सूर्योदय नपा, गोर्खे, समालबुङ, श्रीअन्तु, पशुपतिनगर, लक्ष्मीपुरको ५ नम्बर वडाबाहेक र जोगमाईको ८ र ९ नम्बर वडा रहने छ । यसको केन्द्र फिक्कल रहने छ । यसैगरी, कोलबुङ, इरौंटार, जिर्मले,र शान्तिपुर गाविस रहने गरी रोङ गाउँपालिका बनाउने र केन्द्र कोलबुङमा राख्ने सहमति भएको छ भने सन्दकपुर गाउँपालिकामा माइमझुवा माइपोखरीको ४ देखि ९ नम्बर वडासम्म, सुलुबुङ, माबु, जमुना र पुवामझुवाको ५ नम्बर वडा रहने र केन्द्र देउराली बजार राख्ने सहमति भएको छ । समितिले अति सीमान्तकृत लेप्चा र थामी जातिको लागि संरक्षित क्षेत्र कायम गर्न आयोग समक्ष पठाउने नीतिगत निर्णय गरेको छ । यस्तै लुम्दे गाविसको वडा नम्बर ८ लाई बिनाकारण पाँचथर जिल्लामा गाभेको भन्दै त्यसलाई इलाममा नै फर्काउन र माङसेवुङ लारुम्बालाई बिशेष धार्मिक क्षेत्र बनाउन आयोग समक्ष सिफारिस गरि पठाउने निर्णय गरेको छ ।