पाँचथर/जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले तास खेलिरहेको अवस्थामा फिदिम बजारको एक घरबाट पाँचजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा फिदिम नगरपालिका–१ का ५५ वर्षीय बल थापा, फिदिम नगरपालिका–४ का ५९ वर्षीय भवानी पोखरेल, फिदिम नगरपालिका–५ का गोपालप्रसाद न्यौपाने, थर्पू–१ का भीम योङहाङ र विष्णु जवेगू छन् ।उनीहरुलाई फिदिम बजारस्थित राम थापाको घरमा तास खेलिरहेको बेला सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय श्रेष्ठले बताए । उनीहरुको साथबाट २६ हजार ८ सय ७० रुपैयाँसमेत बरामद गरिएको छ । उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत कारवाही चलाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।