इलाम/बालबालिकाको सन्दर्भमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम इलाममा सम्पन्न भएको छ । जिल्ला बाल कल्याण समिति तथा मानव अधिकार मञ्चको अयोजनामा १२ औँ बालदिवसको अवसरमा बालबालिकाका लागि सञ्चार माध्यमले खेल्नुपर्ने भूमिका के हुन सक्छ ? भन्ने विषयमा अन्र्तक्रिया कार्यक्रममा छलफल भएको हो ।
विभिन्न क्षेत्रका सञ्चारकर्मीको उपस्थितिमा भएको कार्यक्रममा बालबालिकाप्रति हुने गरेका हिसात्मक कार्यहरुलाई कसरी निर्मुल पार्न सकिन्छ भन्ने विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बाल दिवसको सन्दर्भमा बालबालिकाका सबालमा सञ्चार क्ष्ोत्रको भूमिकाको विषयमा सञ्चारकर्मी भीम चापागाईँले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त बाल अधिकारबारे सविंधानमा भएका व्यवस्था त्यसैगरी बालबालिकाको अधिकार सम्बन्धी मिडियाले उठाएका सबाल यसको चुनौती बारेमा कार्यपत्रमा उल्लेख गरिएको थियो । सञ्चारकर्मीको माध्यमबाट बालबालिकामाथि हुने गरेका हिंसात्मक व्यववारको वास्तविकता छर्लङ पार्न साथै त्यस्ता घटनाको समाचार, तस्विर, भिडियो लगायतले घटनालाई आम सञ्चारसमक्ष ल्याइदिन्छ, यसले गर्दा मात्र घटनाहरुको ध्यान सरोकारवालासामु पुगी पीडितले न्याय पाएका छन् । यस्तै, इलाम जिल्लाको सन्दर्भमा बालबालिकामाथि हुने शोषण दिनानुदिन बढिरहेको छ । बढी मात्रामा शोषित हुनेमा १८ वर्ष मुनिका बालबालिकाहरु रहेका छन् ।
घर, होटल, पसल, उद्योग, विद्यालय जस्ता संवेदनशील स्थानमा बालबाललिका माथि भएका यस्ता अमानवीय व्यवहारलाई रोक्न सञ्चार र सञ्चारकर्मीको महत्व दिनदिनै बढेको पाइन्छ । विभिन्न सरोकारवाला, निकायले यस्ता घटनाको विवरण सहज रुपमा उपलब्ध गराए यस्ता बालबालिका माथि भएका हिंसात्मक गतिविधिहरुलाई अन्त्य गर्नेछ ।बालबालिका सम्बन्धी भएका यस्ता घटनाहरुलाई अन्त्य गर्न जिल्लाका विभिन्न बाल क्लब तथा बालबालिकाको हितको लागि खोलिएका संघसंस्था लगायतले यस्ता घटना निर्मूल पार्न घटना विवरण उपलब्ध गराइदिएमा आम सञ्चार माध्यमले घटना रोक्न सक्ने छ । जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रहरी कार्यलय, महिला तथा बालबालिका कार्यलय, मानव अधिकार मञ्च जस्ता बालबालिकाको हितको कार्य गर्ने सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायको महत्वपूर्ण भूमिका रहने अन्तक्र्रिया कार्यक्रममा छलफल भएको हो ।कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले सामुदायिक विद्यालयमा भएका बाल शोषण, बालबालिका माथि विद्यालयमा गरिने हिसांत्मक व्यवहारलाई अन्त्य गर्न आफूसँगै आम सञ्चार र सञ्चारकर्मीको उत्तिकै महत्व रहेको बताए । यस्तै, प्रहरी उपरिक्षक शुशिल कुमार यादव, जिल्ला बाल कल्याण समितिका सदस्य प्रकाश अधिकारी, युवा परिषद इलामका अध्यक्ष नवराज शंकर, पत्रकार ख्याम भुजेल, विभिन्न सञ्चारकर्मी लगायतले बालबालिका माथि भएका हिंसात्मक घटनाहरुको अन्त्य गर्र्ने विषयमा धारणा राखेका थिए ।इलाममा जिल्ला बाल कल्याण समिति र मानव अधिकार मञ्च इलामले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिङ थेबेले बालबालिका माथि हुने श्रम,शोषणको अन्त्य गर्न गैरसरकारी, सरकारी निकाय, सञ्चार माध्यम र आम सञ्चारकमीकोे महत्वपूर्ण भूमिका रहने बताए ।