विराटनगर/विराटनगर उपमहानगरपालिकाले नगर अभिभावक सम्मान कार्यक्रम ल्याएको छ । चालू आर्थिक वर्षदेखि लागू गर्नेगरी परिषद्बाट पारित गरेर उपमहानगरले ९० वर्षभन्दा माथि उमेर भएका सबै नगरवासीलाई मासिक एक हजार रुपैयाँ सम्मान भत्ता वितरण गर्ने भएको हो ।
वृद्धवृद्धाहरु समाजको इतिहास भएको र उनीहरुको सम्मान गर्नुपर्छ भन्ने हेतुले नगर अभिभावक सम्मान कार्यक्रम ल्याएको कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिए ।नगरमा ९० वर्ष उमेर पूरा भएका करीब एक सय नागरिक रहेको अनुमान उपमहानगरपालिकाले गरेको छ । सरकारले वितरण गर्दैआएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिनेहरुको नवीकरण गरिरहेको उमपाले नवीकरण भदौ मसान्तमा सम्पन्न हुने र त्यसपछि यकिन सङ्ख्या आउने जानकारी दिएको छ ।
उमपाले आर्थिक वर्षको जुन महिना वा दिनमा आप्mनो नागरिकता अनुसार ९० वर्ष पूरा भएको देखिन्छ, सोही दिन उमपामा निवेदन लिएर अभिभावकसम्मान वापत्को रकम बुभ्mन सकिने व्यवस्था गरेको छ ।विराटनगर उमपाले सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदानस्वरुप यो कार्यक्रम अघि बढाएको हो । परीक्षणका लागि अघिल्लो वर्ष एक सय वर्ष उमेर भएका नागरिकलाई सो रकम उपलब्ध गराउने कार्यक्रम बनाएको भएपनि कसैले त्यसका लागि निवेदन दिएका थिएनन् ।
सो उमेर समूहका व्यक्तिहरु नभएका कारण पनि माग नआएको हुनसक्ने भन्दै उमपाले यो वर्ष उमेर घटाएर ९० वर्ष उमेर भएकाहरुलाई अभिभावक सम्मान रकमको व्यवस्था गरेको हो । उमपाले सरकारले दिँदैआएको सामाजिक सुरक्षा भत्ताबाहेक स्थानीय निकायबाट यस्तो रकम दिने निर्णय गर्ने पहिलो उपमहानगरपालिका भएको दावी गरेको छ ।