Sima-Stambha सप्तरी/ नेपाल–भारत सीमासँग जोडिएको सप्तरीको तिलाठीमा लामो समयदेखि हराइरहेको सीमा स्तम्भ (पिलर) बिहीबार फेला परेको छ । तिलाठी गाविसस्थित दशगाजा क्षेत्रमा रहेको २२३ नम्बरको मुख्य स्तम्भ भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । केही दिनअघि खाँडोखोलामा आएको बाढीसँगै बालुवाले पुरिएको हुनसक्ने सशस्त्र प्रहरीको अनुमान छ । सशस्त्र प्रहरीको बेस क्याम्पका इन्स्पेक्टर ज्ञानबहादुर श्रेष्ठका अनुसार बाढी र हिलो–बालुवाले पुरिएर स्तम्भ नदेखिएपछि विशेष रूपमा त्यसको खोजी भएको थियो । करीब एक महिनाअघि तिलाठीमा भारतीय पक्षबाट बाँध बनाउने विषयमा सीमा क्षेत्रका भारतीय र नेपालीबीच विवाद भएको थियो ।