सिरहा/ सिरहामा मङ्गलबार राति चट्याङ लागेर आमाछोराको मृत्यु भएको छ ।धनगढीमाई–२ भवानीपुरकी ४० वर्षीया जुर्मी सदा र उनका १२ वर्षीय छोरा सुरज सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङले सुरजको घटनास्थलमै मृत्यु भएको र जुर्मीको उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीले जनाए ।