धरान/पिसाबमा समस्या देखिएपछि गत मङगलबार अस्पताल भर्ना भएका पूर्व मन्त्री एवं जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको निधन भएको छ । खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा निधन हो ।
खपाङगीलाई अस्पतालबाट उपचार गरि निवास ललितपुर नख्खुदोबाटो लगिएपनि समस्या आएपछि शनिबर पुन अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार राती १० बजेर २२ मिनेटमा निधन भएको गोरेबहादुर फाउन्डेसनले जनाएको छ । खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका थिए ।
नेकपा मालेबाट राजनीतिमा प्रवेश गरेका खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीका सँस्थापक महासचिब हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष थिए । खपाङगी कडा स्वभाबका नेताको रुपमा चिनिन्थे ।