इटहरी / साइबर अपराध न्यूनिकरण गर्ने उदेश्य सहित प्रहरीको सहयोगमा इटहरीमा तालिमको आयोजना गर्ने भएको छ । बढ्दो साइवर अपराधलाई न्युनिकरण गर्ने उदेश्यल तालिमको आयोजना गर्न लागिएको क्यान सुनसरीले जनाएको छ ।
युवा माझ लोकप्रिय बन्दै गएको फेसबुुक, ट्वीटर लगाएतका सामाजिक सँजालमा वेथिती भित्रिंदै गएको र त्यसबाट समाजमा निम्त्याउने अपराधिक क्रियाकलापलाई केही हद सम्म रोक्न आगामी भदौ १० गते इटहरीमा सो तालिमको आयोजना गरिएको क्यान सुनसरीले जनाएको छ ।

मोवाइल तथा कम्प्युटर प्रयोगकर्तालाई सामाजिक सँजालमा कसरी सजक्ता अपनाउने भन्ने ज्ञान प्रदान गर्ने आयोजक संस्था क्यान सुनसरीका अध्यक्ष भिम गिरीले जानकारी दिए । नेपाल प्रहरीका एस पी नरेश मल्ल, अनुसन्धानकर्ता डा. अभिजित गुप्ता लगाएतले इन्टरनेट प्रयोग गर्दा अपनाउनुपर्ने सजक्ताको सो कार्यक्रममा जानकारी दिने पनि आयोजकले जनाएको छ ।