पाँचथर / बाँसको तामाको अचार खाँदा पाँचथरमा २ वालवालिकाको ज्यान गएको छ । ज्यान जानेमा नांगीत–३, मालबासेका दुर्गा राईका ८ वर्षिया छोरी सरिता र ७ वर्षिय छोरा सन्तोष राई छन् । Covered dead body in the morgue घरमा बनाई राखेको भालु बाँसको तामाको अचार खाँदा उनीहरु विरामी भएका थिए । अचार खाएको केही समयमै उनीहरु बिरामी भएपछि नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएका उनीहरुको उपचारको क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबै जनालाई पोष्टमार्डमको लागि सदरमुकाम फिदिम ल्याइएको पाँचथर प्रहरी प्रमुख डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए ।