पाँचथर / पूर्वी पहाडि जिल्ला पाँचथरमा कालो सुनले परिचित अलैँचीको उत्पादन घट्ने अनुमान गरिएको छ । यस वर्ष पर्याप्त वर्षाद नभएको, छिर्के–फुर्के लगायत रोगका कारण अलैँची मर्ने क्रम नरोकिए पछि अलैँचीको उत्पादन घट्ने कृषकहरु वताएका छन् ।
यो वर्ष पाँचथरमा अलैंचीको उत्पदन ५० प्रतिशतले घट्ने अनुमान गरिएको याङनामका कृषक पपीन्द्र फागोले बताए । अलैँची टिप्ने क्रम चलिरहँदा वेशी क्षेत्रमा ७० प्रतिशत र लेकाली क्षेत्रमा ५० प्रतिशतले अलैँची उत्पादन घट्ने फागोको भनाइ छ ।
फागुन, चैत, वैशाख र जेठमा पर्याप्त पानी नपरेको र अलौचीका बोट मर्ने क्रम चलिरहेका कारण उत्पादनमा गिरावट आउने अवस्था रहेको उहाँले वताउनुभयो । यस्तै अहिले अलैँचीको भाउमा समेत गिरावट आएको छ । दुई वर्ष अघि १ लाख २० हजार रुपैया सम्मपुगेको अलैँची अहिले ७१ हजार रुपैंयाँमा कारोवार भइरहेको नेपाल अलैँची ब्यवसायि महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिपक नेपालले जानकारी दिए ।