इलाम/आयआर्जनका माध्यमबाट गरिबी निवारणमा सहयोग पु¥याउने उद्देश्यले लघुउद्यम विकास कार्यक्रम (मेडेप)बाट यहाँ २सय जना उद्यमी तयार भएका छन् । उद्यमशीलता विकास तालिममार्फत ग्रामीण भेगका युवायुवतीलाई स्वरोजगार बनाउने लक्ष्यका साथ शान्तिपुर, जोगमाई, बाँझो र इरौँटार गाविसमा सञ्चालन गरिएको कार्यक्रमबाट २ सय जना उद्यमी तयार गरिएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । mahilaaaa मल्टिपल ट्रेनिङ सेन्टर काठमाडौँले आव २०७२÷७३ मा ५०÷५० जनाका दरले उद्यमी तयार गर्ने लक्ष्य लिएर गत माघ महिनादेखि नै जिल्लामा कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमबाट दक्ष उद्यमी तयार पारिएको प्रमुख उद्योग अधिकृत नवराज राउतले बताए । लघुउद्यम विकास योजना बनाई सामाजिक रूपमा पछि परेका र न्यून आय भएका अतिविपन्न वर्गका युवा वर्गलाई केन्द्रित गरी फर्निचर, सिलाइकटाइ, ब्यूटिसियन, अदुवा खेती, हाउस वायरिङ, बुटिकजस्ता सीपमूलक तालिम सञ्चालन गरिएको हो । स्वदेशमै बसेर स्वरोजगार बनाउने, विपन्नको आयआर्जनमा वृद्धि गरी गरिबी घटाउने, सामाजिक रूपमा पछि परेका समुदायलाई सशक्त बनाउनेलगायतका उद्देश्य राखेर सन् १९९८ देखि नेपालमा लघुउद्यम विकास कार्यक्रम (मेडेप) सुरु गरिएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । गत आवमा लघु उद्यमी तयार गर्न र ४६ लाख खर्च भएको थियो ।