भद्रपुर/झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १४ चन्द्रगढीको दशौं वार्षिक साधारण सभा चन्द्रगढीमा शनिवार सम्पन्न भएको छ । सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सभामा संस्थाका अध्यक्ष विवेक पोखरेलले संगठनको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

20160820_115239

संस्थाले ३२ लाख १३ हजार १०२ रुपैया आम्दानी तथा २९ लाख ४६ हजार ५ सय ६६ खर्च भएको कोषाध्यक्ष शुरेश श्रेष्ठले आर्थिक विवरण प्रस्तुत गरेका थिए । सहकारीमा हालसम्म १२ सय ६१ जनावाट४४ लाख ८६ हजार ८ सय शेयर पूजी रहेको छ । वार्षिक कारोवारवाट २ लाख ६६ हजार ५ सय ३६ नाफा भई २६ लाख २७ हजार ९ सय ६० बैक मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ । संस्थाले दिलकुमार राईलाई उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणीमा लालबहादुर कठायतलाई सम्मान गरेको थियो ।

आगामी वर्षदेखि उत्कृष्ट सञ्चालक सदस्य र सर्वोत्कृष्ट अंक ल्याई कक्षा १२ उत्तीर्ण हुने शेयर सदस्यका सन्ततिलाई पुरस्कृत गर्ने प्रस्तुत् प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाका अध्यक्ष विवेक पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारी, प्रकाश कृषि सहकारीका अध्यक्ष चुडामणि मैनाली, ज्ञानोदय बचतका उपाध्यक्ष गोकुल न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । सचिव भवकृष्ण न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद गौतमले स्वागत गरेका थिए । गत वर्ष भद्रपुरमा रहेका पतञ्जली,मकालु र चन्द्रगढ एकिकरणर भएर झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको थियो ।