धरान/ जिल्ला वन कार्यालयको अनुमति नलिई खोला क्षेत्रमा भण्डारण गरिएको ढुङ्गा–गिट्टी सात दिनभित्र हटाउने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयले वन कार्यालयलाई निर्देशन दिएको छ । जिल्ला वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले प्रशासनले डिपो हटाउनको लागि सम्बन्धित ठेकेदारलाई तत्कालै उर्दी गर्न वन कार्यालयलाई निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार यसबारे छलफल गरी स्थानीय ठेकेदार सुरेश श्रेष्ठलाई पत्राचार गर्दै हटाउनको लागि जिल्ला वन प्रमुखलाई निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताए ।

‘मैले चार दिनभित्रै हटाउनको लागि भन्नुस् भनेको थिएँ । डीएफओ (वन अधिकृत) सापले नै सात दिनभित्र हटाउन निर्देशन दिने भन्नुभयो ।’ प्रजिअ चापागाईंले भने । उनले यसका लागि आवश्यक परे जति प्रहरीका लागि आपूmलाई जानकारी गराउन पनि भनिसकेको बताए । प्रजिअ चापागाईंले ठेकेदार श्रेष्ठले आप्mनो जग्गामा थुपारेको ढुङ्गा–गिट्टीको स्रोत र त्यसको नापचाँज गर्नसमेत निर्देशन दिएको बताए । स्थानीय ठेकेदार श्रेष्ठले डिपो गरेको क्षेत्र खारखोला र बगुवा सामुदायिक वन क्षेत्रमा पर्दछ । वन क्षेत्रमा डिपो राख्दा जिल्ला वन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान छ ।
तर ठेकेदार श्रेष्ठले अनुमतिविना नै खोला क्षेत्रमा डिपो गरेका कारण स्थानीयले पनि तीव्र विरोध गरेका थिए । स्थानीयको विरोधलाई उनले अटेर गरेका थिए । यसअघि ब्लाष्टसँग फोनमा कुरा गर्दा उनले उल्टो आपूmले त्यस क्षेत्रको संरक्षण गरेको बताएका थिए । उनले सो क्षेत्र गुठीको जग्गा पर्ने बताएका थिए ।
निमित्त क्षेत्रीय प्रशासक तेजेन्द्र दाहालले यसबारेमा सुनसरीका प्रजिअ र जिल्ला वन प्रमुखसँग बुझेर कारवाहीको प्रक्रिया अघि बढाइने बताए । ‘व्यावहारिक रुपमा के रहेछ, त्यो हामी हेर्छौं । त्यसका लागि सम्बन्धित निकायसँग म बुभ्mछु ।’ उनले भने । जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद निरौलाले भने बारम्बार प्रयास गर्दा पनि मोबाइल उठाएनन् ।