पाँचथर/ फिदिम नगरपालिका–८, चोकमागुमा रहेका ऐतिहासिक एवं पर्ययटकीयस्थल लब्रेकुटिमा १४ लाख लागतमा विश्रामालय निर्माण भएको छ । लब्रेकुटि घुम्न आउँने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी विश्रामालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सुवाश तुम्बापोले बताए । मेची पहाडि पर्यटन प्रबद्र्धन विकास समिति इलामको १० लाख सहयोग र स्थानीयको ४ लाख बराबरको जनश्रमदान गरी कूल १४ लाख लागतमा विश्रामालय निर्माण भएको हो ।
लब्रेकुटिको पर्यटन प्रबद्र्धन गर्ने उदेस्यले अष्ठकोण आकारको विश्रामालय निर्माण गरिएको साझेदारी संस्था लिम्बू भाषा विकास संस्था (लिल्डा) पाँचथरका अध्यक्ष दीलेन्द्र कुरुम्बाङले बताए । मेची राजमार्गको फिदिम–३, कान्छी दोकानबाट २५ मिनेटको पैदल दुरीमाा अवस्थित पर्यटकीयस्थल लब्रेकुटि १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको कर्मभूमिको रुपमा समेत चर्चित छ ।