भद्रपुर/यात्रुहरुको चापलाई मध्यनजर गर्दै चन्द्रगढी नागरिक उड्यान कार्यालय भद्रपुरले वुधवार देखि हवाइ इन्धन भर्ने काम सुरु गरेको छ । चन्द्रगढी विमानस्थलमा कार्यालयले हवाई इन्धन रिफ्युलिङ्ग सुविधाको औपचारिक कार्यक्रमको आयोजना गरि इन्धन भर्न सुरु गरेको हो ।नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले बुद्ध एयरमा इन्धन भरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

DSC03005

कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले चन्द्रगढी विमानस्थलमा नै इन्धनको सुविधा दिनुपर्ने आवश्यक्ता देखिएकोले यसको व्यवस्था गरिएको बताए । विमानस्थलमा पहिलेनै इन्धनको व्यवस्था हुन जरुरी रहेको उल्लेख गर्दै ढीलै भएपनि यो सुविधा आएकोले कुनैपनि त्रुटी नहुने गरि काठमाण्डौमा हुने सेवा जस्तै भद्रपुरमा दिन क्षेत्रिय कार्यालयलाई निर्देशन दिएका थिए । चन्द्रगढीको लागी तुरुन्त नयाँ ट्याङ्कर उपलब्ध गराइने उनले बताए । एक वर्ष भित्र अन्य आवश्यक विमानस्थलमा समेत इन्धन भर्ने व्यवस्था मिलाइने आश्वासन दिएका थिए । आवश्यक्ता अनुसार विराटनगरवाट इन्धन ल्याई निरन्तरता दिने उनले जनाए । पेट्रोलियम डिलर्स एशोसिएशनका राष्ट्रिय अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले यो सेवाले मानसिक तनावलाई मुक्त गरेको बताए ।

गुणस्तरिय सेवा अभिबृद्धीमा ध्यान दिन जरुरी रहेको सुझाव दिएका थिए । इन्धनका कारण सेवा प्रवावित नहुने उनले बताए । नेपाल नागरिक उड्यान प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले हेराइमा सानो काम भएपनि महत्वपुर्ण काम भएको बताए । भविश्यमा एटि आर र सेभेन्टी टु जस्ता जहाज भन्दा पनि ठुला आउन सक्ने बताए । तत्काल विराटनगरवाट दमकल( फायर भैकल्स) ले काम चलाइने जानकरी दिर्दै एक वर्ष भित्र चन्द्रगढीलाई छुट्टै नयाँ दमकल उपलब्ध गराउने बताए । बुद्ध एयरका कार्यकारी निर्देशक वीरेन्द्र बहादुर वस्नेतले सुरक्षाको दृष्टिले हरेक विमानस्थलमा यसको आवश्यक्ता रहेको बताए । यो ऐतिहासिक काम भएको उनको बुझाइ थियो । कार्यक्रको ओचित्य तथा विमानस्थलको बारेमा चन्द्रगढीका सहायक प्रबन्धक गोपाल घिमिरेले जानकारी गराएक थिए । चन्द्रगढी विमानस्थल वि.स. २०२० सालमा घाँसे मैदानवाट सुरु भई पुन ः २०२८ सालबाट १९ सिट र ४५ सिट क्षमताका हवाइजहाज संचालनमा आएको थियो । २०५८ सालबाट धावनमार्ग कालोपत्रे भई बुद्ध एयर, साङग्रीला हुदै हाल ७२ सिट सम्म क्षमता भएको जहाजले सेवा दिदै आएको घिमिरेले बताए । हाल दैनिक आठ÷ नौ वटाले उडान भर्दै आएको उनले बताए ।

विमानस्थल प्रमुख पुर्णप्रसाद चुडालको सभापतित्व एवं नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याप्टेन जीपी राई, आयल निगमका क्षेत्रिय प्रमुख दिनेश कुमार यादव, एयरलाइन्स अपेरटर एशोसिएशनका कमलेश कुमार बर्मा ,टा«भल्स एजेन्सि, आयल निगमका कर्मचारी, प्रहरी प्रशासन लगायतको उपस्थिती रहेको कार्यक्रको सञ्चालन साहित्यकार खगेन्द्रा खुशीले गरेकी थिइन् ।