-
Home
-
राशिफल
-
मुलुकलाई समृद्धितर्फ लैजान आर्थिक क्रान्ति जरुरी – डा भट्टराई
मुलुकलाई समृद्धितर्फ लैजान आर्थिक क्रान्ति जरुरी – डा भट्टराई
काठमाडौँ/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई समृद्धितर्फ लैजान अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् ।
सहिद बेपत्ता परिवार घाइते अपाङ्ग संरक्षण मञ्चले रामवृक्ष यादवको २२औँ स्मृति दिवसका सन्दर्भमा बिहीबार आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले सहिदको सपना पूरा गर्न देशमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताए ।
उनले भने, “मुलुकको अग्रगमनका लागि जीवन बलिदान गर्ने सहिद तथा घाइते र बेपत्ता परिवारलाई राजनीतिभन्दा माथि राखेर न्याय दिलाइदिनुपर्छ ।”
पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले यादव निष्ठावान् र आदर्शवादी नेता भएको स्मरण गर्दै अहिले मधेसमा विभिन्न रुपमा जारी रहेको आन्दोलनलाई सही दिशानिर्देश गर्न उनको अभाव खट्किएको विचार व्यक्त गरे ।
सोही पार्टीका सहसंयोजक रामचन्द्र झाले सरल, सहयोगी स्वभावका यादवमा उच्चस्तरको राजनीतिक संस्कार रहेको बताए ।