धरान / प्रदेश हुँदा देश विकासको सम्भावनासमेत खुल्ने प्रोफेसर डा. महेन्द्र लावतिले लिम्बुवान आन्दोलनको तुलनात्मक दृष्टिकोण दिने क्रममा बताएका छन् । धेरै प्रदेश बनेमा कमैले अवसर पाउँछन् भन्ने सोच हुन सक्छ तर, जति धेरै प्रदेशहरु बन्छन् त्यसले अवसरसमेत खुलाउने उनले मंगलबारको कार्यक्रममा बताए । धेरै प्रदेश नबन्दा भने जातीय द्धन्द्ध तथा पृथकतावादी आन्दोलनहरु हुन सक्ने खतरासमेत हुने गरेको उनले दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले जनजाति आन्दोलन अघि नबढ्नुको कारण विभिन्न पार्टीहरुमा विभक्त भएको कारणले हुने गरेको बताए ।
उनले आदिवासी जनजातिहरुले आफ्नो मत र आफ्नो निर्णय ठिक ढंगले गर्न सकेमा मात्रै मुद्दा स्थापित हुने बताएका छन् । उनले सत्ताधारीले तीनवटा समुदायलाई विभाजित गरिदिने समस्या नेपालमा भउको बताए । लिम्बुवान आन्दोलन उचाईमा नपुग्नुको पछाडीका कारणहरु मध्ये लिम्बुहरुको बाहुल्यतालाई नै लिन सकिने उनले बताए । ‘९ जिल्लामा १० प्रतिशत मात्रै लिम्बूहरु छन् ।’ उनले भने ‘यसले ९ जिल्लाको संरक्षण गर्न सक्दैन ।’
कार्यक्रममा संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष खगेन्द्र माखिमले आदिवासी जनजातिहरु पहिचानको पक्षमा बोल्छौं लेख्छौं तर, हाम्रो आश्था पहिचान विरोधीसँग भएकालेसमेत समस्या हुने गरेको बताए । उनले लिम्बुवान आन्दोलन राज्यप्राप्तिको आन्दोलन भएको दाबी गरे । यो जमिनसँग जोडिएको बताए । त्यस्तै संघीय लिम्बुवान मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङले सवै राज्यहरुलाई आन्दोलनको उचाईमा पु¥याएमा मात्रै लिम्बुवानको आन्दोलन सशक्त बन्ने बताए । कार्यक्रममा राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रीय सदस्य विष्णु थाम्देनले यो संविधानलाई आफूहरुले कालो संविधानको रुपमा मानेको र सरकारले त्यो संविधानलाई लागू गराउन कोशिष गरेमा हामीले सडक र सदनबाट आन्दोलन गरिरहने बताए । कार्यक्रम लिम्बुवान अध्ययन केन्द्र विजयपुर च्याप्टरले आयोजना गरेको हो ।