kiratधरान /   २९ औं स्थापना दिवसको अवसरमा किरात राई यायोख्खा सुनसरीले धरानको मुख्य  सडकमा सरफाई गरेको छ । किरात राई यायोख्खा जिल्ला कार्य समिति सुनसरीका उपाध्यक्ष बलराम  राईको नेतृत्वमा धरानको छाताचौकदेखि भानुचौक सम्म सरसफाईसंगै भानुचौकमा दिप प्रज्वलन गरी कोणसभाको आयोजना गरिएको छ । सरसफाइमा जिल्ला कार्यसमिति, नगर समन्वय समिति, प्रा.क.स., सास्कृतिक कलाकार संघ, विभिन्न भाषिक संस्थाहरुले सरसफाईमा सहभागिता जनाएको किराया सुनसरीका कार्यसमिति सदस्य उपेन्द्र चाम्लिङले बताए । यसैगरी सपना दिवसकै अवसरमा इटहरीमा अध्यक्ष कमला राईको नेतृत्वमा र इनरुवामा उपाध्यक्ष नगेशचन्द्र राईको नेतृत्वमा नगर सफाइ  गरिएको छ । स्थापना दिवसकै अवसर पारेर आइतबार एलम्बर स्मृति संग्राहालयमा रक्तदान कार्यक्रमको आयोजना समेत गरिने सदस्य चाम्लिङले जानकारी दिए । तस्विर