ताप्लेजुङ/ताप्लेजुङका दुई फरक गाविसबाट बेपता दुई व्याक्ति अझै फेला पर्न सकेका छैनन् ।

ताप्लेजुङ चाँगे १ मा डेरा गरी बस्ने तेह्रथुम चुहानडाँडा ५ का ३६ वर्षीय पदमकुमार घिसिङ र कालिखोला ९ स्यामटारका ७३ वर्षीय गर्जबहादुर भण्डारी गत सोमबारदेखि बेपता रहेका छन् ।
घिसिङ स्थानिय मैया खोलामा माछा मार्न जान्छु भनि हिडेका थिए भने भण्डारी घरमा कोहि नभएको समयमा घरबाटनै बेपत्ता भएको प्रहरीले बताएको छ ।
भण्डारीको मानसीक सन्तुलन ठिक नभएकाले घर छाडेर बारम्बार हिड्ने गरे पनि सोमबार देखि भने बेपत्ता भएको उनको छोरा लक्ष्मण भण्डारीले बताए । उनहरु दुबैको खोजिकार्य जारी रहेको प्रहरीको भनाई छ ।