धरान / अाफ्नाे २८ अाै जन्माेत्सवकाे अवसर पारेर एक युवाले धरान–११ बस्दै अाएका एक दृष्टीविहीन परिवारसँग जन्माेत्सव मनाएका छन् ।
तस्बिरः भाेजराज श्रेष्ठ
अाज धरान–१५ का नविन पाेमाे लिम्बूले २८ अाै जन्माेत्सव दृष्टीविहीन उदास लामाकाे परिवारसँग मनाएका हुन् । उनले उत्त परिवारलार्इ १५ हजार १ सय पाँच रुपैया अार्थिक सहयाेगसमेत गरेका छन् । १५ दिन अघि सडकमा गीत गाउँदै सहयाेग सकलन गरिएकाे देखेपछि लिम्बूले सहयाेग गर्ने साेच राखेकाे बताए ।
गीत गाएर जीविकाेपार्जन गर्दै अाएका लामाले एउटा एल्बमसमेत निकालेका छन् । लामाकाे २ श्रीमती र ५ जना छाेराछाेरी छन् । सडक सडकमा गीत गाउँदै जीविकाेपार्जन गर्ने लामाले याे सहयाेगले अाफूलार्इ थप उर्जा मिलेकाे बताए । उनी धरान–११ शीवजी चाेकमा भाडामा बस्दै अाएका छन् ।
लामाले कस्ताे भाग्य नामक एल्बमसमेत निकालेका छन् । लिम्बूले अाफ्नाे जन्माेत्सवमा केक काट्दै लामा परिवारलार्इसमेत खुवाएका थिए । उनकाे परिवार नै त्यहा पुगेर वर्थडे मनाएकाे हाे ।