धरान/नेपाल यातायात संयुक्त मजदुर संघ दर्ता गर्दै औपचारिक कार्य प्रारम्भ गरेको छ । साउन १७ गते काठमाडौंको कम्पनी रजिष्टर्ड कार्यालयमा दर्ता हुँदै २१ सदस्यीय केन्द्रीय कार्य समितिसमेत चयन गरेको छ । समितिको अध्यक्षमा गणेशप्रसाद भण्डारी, बरिष्ठ उपाध्यक्षमा दलबहादुर गुरुङ छन् । त्यस्तै उपाध्यक्षमा किरण चाम्लिङ, किशन शाक्य, हिमाल राई, सीता थापा छन् भने महासचिवमा अमृत भुजेल रहेका छन् । यस्तै सचिवहरुमा बलबहादुर कालिकोटे, उदय श्रेष्ठ, रामप्रसाद साह, र कोषाध्यक्षमा मोहनकर्ण लिम्बू रहेका छन् । बरिष्ठ सल्लाहकार एवं जिल्ला अध्यक्षमा बीरबहादुर तामाङ (पशुपति) रहेका छन् । तामाङको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति बुधबार गठन भएको हो । संघले सबै खाल्का मजदुरहरुलाई समेटेर अघि बढ्ने जिल्ला अध्यक्ष तामाङले बताए । संघको केन्द्रीय कार्यालय धरानको बरगाछीमा रहेको छ ।