-
Home
-
पूर्व
-
पहिरो प्रभावितलाई एक लाख २४ हजार सहयोग
पहिरो प्रभावितलाई एक लाख २४ हजार सहयोग
- साउन २०, २०७३
- ब्लाष्ट खबर
ताप्लेजुङ/गत साउन एक गते ताप्लेजुङमा गएको पहिरोका कारण विस्थापित तापेथोकका पहिरो प्रभावित परिवारलाई नेपाली कांग्रेसले राहत स्वरुप एक लाख २४ हजार रुपैँया नगद प्रदान गरेको छ ।
पहिरोले तापेथोकको सोत्लिमा गाँउनै जोखिममा परे पछि त्यहाँबाट सुरक्षित स्थानमा सारिएका १२ घरपरिवारलाई नेपाली कांग्रेस गाँउ कार्य समिति लेलेप र तापेथोकले संयुक्त रुपमा उक्त राहत रकम प्रदान गरेका हुन् ।
पहिरो बाट बच्नका लागि पहिरो गएको समयमा भाग्ने क्रममानै वेपत्ता भएकी मनिता राईको परिवारलाई ५० हजार ३ सय रुपैँया र विस्थापित अन्य ११ परिवारलाई ५ हजार ८ सयका दरले कुल एक लाख २४ हजार ७ सय ६५ रुपैँया प्रदान गरिएको स्थानिय तेञ्जिङ शेर्पाले जानकारी दिए ।
लेलेपका तेञ्जिङ शेर्पा र तापेथोकका दावा छिरिङ शेर्पा लगायत अन्य कार्यकर्ताको सक्रियातामा संकलित उक्त रकम बुधबार लेलेपको सेखाथुममा प्रदान गरिएको हो । त्यस्तै वालुङ उत्थान समाजले पनि पिडितलाई एक एक थान त्रिपाल र कम्बल प्रदान गरेको जनाईएको छ ।
पहिरोले उनिहरुको घरहरुनै जोखिममा परे पछि पहिरो झरेको केही दिन पछिनै जिल्ला विपद व्यवस्थापन समितिले सोत्लिमाको माथिल्लो सुरक्षित क्षेत्रमा अस्थाई आवास निर्माण गरि स्थानान्तरण गरेको थियो । उनिहरु अहिले पनि सोही अस्थाई आवासमानै वस्दै आएका छन् ।