धरान/ब्लाष्टका वितरण शाखाका प्रमुख रहेर कार्यरत घनेन्द्र बराललाई बुधबार विदाई गरिएको छ ।
विदाइकाे टीका लगाइदिँदै प्रधानसम्पादक राजकुमार कार्की ।
बैदेशिक रोजगारीको क्रममा कोरिया जान लागेको बराललाई ब्लाष्ट टाइम्स परिवारले विदाई गरेको हो ।
उनलाई ब्लाष्टका प्रधानसम्पादक राजकुमार कार्की, प्रवन्ध निर्देशक एवं सम्पादक किशोरकुमार कार्कीले संयुक्त रुपमा टीका तथा खादा लगाएर विदाई गरिएको हो । उनी ब्लाष्टमा ९ वर्ष कार्यरत रहेका थिए । लामोसमयसम्म कार्यरत बराललाई विदाई गर्नु पर्दा दुःख लागे पनि उनको उज्वल भविश्यको प्रधानसम्पादक कार्कीले कामना गरे ।
उनले ब्लाष्टमा कार्यरत रहँदा कुनै पनि खाल्को कम्प्लेन गर्ने अवसर प्रदान नगरेको र अवको दिनमासमेत राम्ररी काम गर्नको लागि प्रबन्ध निर्देशक एवं सम्पादक कार्कीले आग्रह गरे । उनी आजै काठमाडौं प्रस्थान गर्दै छन् । साउनको अन्तिम साता उनी कोरिया उड्दै छन् ।
खादा लगाइदिँदै प्रवन्ध निर्देशक तथा सम्पादक किशाेरकुमार कार्की ।