[caption id="attachment_8684" align="alignnone" width="1012"]accidnet तस्विर: दीपेन्द् कार्की[/caption] धरान / धरान–८ स्थित तीनकुने नजिक मंगलबार राती दुर्घटना हुदा मोटरसाईकलमा यात्रा गर्ने ३ जना घाईते भएका छन् । बा ३३ प १९९८ नं. को पल्सर मोटर साईकल ना ३ ख ३८४३ नं. को ट्रकमा ठोकिदा दुर्घटना भएको हो ।  धरानबाट इटहरीतिर जादै गरेको ट्रकले इटहरीबाट धरान आउदै गरेको मोटरसाईकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । दुर्घटनामा मोटरसाईकल चालक धरान–११ क ४५ बर्षीय नविन रिसाल उनीकी ४० बर्षिय श्रीमति अनिता रिसाल र १० बर्षीय छोरा शोसन रिसाल घाईते भएका छन् । उनीहरुको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रतिष्ठान प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।