मोरङ/मोरङको डाँगीहाट–५ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट सोमबार साँझ एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७३८९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४५ वर्षीय प्रितीकुमार राईको मृत्यु भएको हो । सोमबार बेलुका बसको ठक्करबाट गम्भीर घाइते भएका राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए । ठक्कर दिने बस र त्यसका चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ ।