रसुवा / कल्पना गर्नुहुन्छ राजनीतिक दलका नेताहरुलाई गाउँ पस्न रोक लगाएको छ भनेर । तर, यस्तै उदाहरण भएको छ रसुवाको धुन्चेमा ।   जहाँ नेताहरुलाई गाउँ प्रवेशमै रोक लगाइएको छ । नामै किटेर कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रका नेताहरुलाई गाउ पस्न रोक लगाएको हो । प्रवेश निषेध गर्दै गाउँवासीले नेतामुक्त क्षेत्र नै घोषणा गरेका छन् । सदरमुकाम धुन्चेलाई सिमांकन गर्दा हालको स्थानबाट एक किलोमिटर तल सार्न खोजेको विरोधमा स्थानीय राजनीतिक दल र स्थानीय नेताविरुद्ध खनिदै नेतामुक्त क्षेत्र तोकिएको हो । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजनमा सिमांकनबारे छलफल गर्न बसेका प्रमुख दलका केन्द्रीय नेतासहितलाई शनिबार आक्रमण गरी घाइतेसमेत बनेका थिए । आक्रमणबाट एमाले वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल र काँग्रेस महासमिति सदस्य जनकजीवन उपाध्याय गम्भीर घाइते भएका थिए । प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रले आइतबार आफ्ना नेता कुटिएको विरोधमा जिल्ला बन्द गराए । उनीहरुले दलका नेताको नाम उल्लेख गरेरै जिल्लामा निषेधित घोषणा गरेका छन् । जिल्ला प्रवेशमा रोक लगाइएका नेतामा नेपाली काँग्रेसका लामाकार्पु तामाङ, जनकजीवन उपाध्याय, एमालेका माधव अर्याल, माअ‍ेवादी केन्द्रका इन्द्र गौतम, माधव लामिछाने र मेघनाथ घिमिरे छन् ।