पाँचथर /  जिल्लाकाे नागी–६ स्थित नागी बजारमा आज साँझ आगलागी हुँदा करिब रु डेढ कारोड बराबरको क्षति भएको छ ।

स्थानीयवासी गणेश योङ्याका घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट हुँदा घर तथा घरमा राखिएको बन्धकी गरगहना, भाँडावर्तन र लत्ताकप imagesडा गरी झन्डै रु डेढ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । साँझ ६ बजे सुरु भएको आगलागी डेढ घन्टाको प्रयासपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुलेको छैन ।