-
Home
-
पूर्व
-
फिदिम नगर सरसफाई अभियान बाइसौं हप्तामा
फिदिम नगर सरसफाई अभियान बाइसौं हप्तामा
- साउन १६, २०७३
- ब्लाष्ट खबर
पाँचथर/जिल्ला प्रहरी कार्यालय पाँचथरको अग्रसरता र फिदिम नगरपालिकाको सहयोगमा सुरु भएको फिदिम नगर सरसफाई अभियान आज बाइसौं हप्तामा प्रवेश गरेको छ ।
अभियान अन्तगैत शनिबार फिदिम बजारको लखनमार्ग स्थित गोस लाइन एरियाको सडक ढल तथा नाली सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत वर्षको फागुन महिनादेखि सुरु भएको उक्त नगर सरसफाइ अनियानमा स्थानीय उद्योगी–व्यवसायी, सामाजिक अगुवा र सर्वसाधरणको समेत सक्रिय सहभागिता रहँदै आएको छ ।
नयाँ नमुना सहरको रुपमा विकास भइरहेको फिदिम बजारलाई स्वच्छ र हराभरा राख्नका लागि अभियानको सुरुवात गरिएको पाँचथर प्रहरी प्रमुख डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए । अभियान अन्तर्गत हरेक हप्ताको शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म बजार क्षेत्रको कुनै पनि एउटा एरिया छनौंट गरी सरसफाइ गरिंदै आएको छ ।