-
Home
-
पूर्व
-
हातेमालोको १० औं वार्षिक साधारणसभा सम्पन्न
हातेमालोको १० औं वार्षिक साधारणसभा सम्पन्न
- साउन १६, २०७३
- ब्लाष्ट खबर
पाँचथर/हातेमालो कृषि सहकारी संस्था फिदिमको १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले ३ लाख ५७ हजार रुपैंयाँको आय वार्षिक बजेट पारित गरेको छ ।
साधारणसभाले गएको आर्थिक वर्ष २०७२/७३ को ३ करोड ५६ लाख २१ हजार ७८ रुपैंयाको आय व्यय पारित पारित गरेको हो । संस्थाले चालु आर्थिक वर्षका लागि ५ करोडको अनुमानित आय–व्यय प्रस्तुत गरेको संस्थाका सदस्य लक्ष्मी गौतमले बताए । त्यस्तै उक्त सहकारीले गएको आर्थिक वर्षमा ५ लाख ७० हजार मुनाफा समेत प्राप्त गरेको छ ।
जिल्ला विकास समिति पाँचथरको सभाहलमा सम्पन्न साधरणसभाको उद्घाटन प्रमुख अतिथिको आसनबाट प्रमुख जिल्ला अधिकारी किरण थापाले गरेका थिए । सो अवशरमा प्रजिअ थापा सँगै स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, जिल्ला कृषि विकास कार्यायका निमित्त प्रमुख निलकोमल सिंह, मालपोत प्रमुख केशव न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभा हालेमालो कृषि सहकारी संस्थाका अध्यक्ष सूर्य निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।