ताप्लेजुङ/ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलमा तीन महिनादेखि उडान अवरुद्ध भएको छ । धावनमार्ग कालोपत्रे (पिच) गरे पनि दैनिक मौषम खराब हुने भएकाले बैसाख देखि उडान ठप्प भएको हो । लामो समय पछि धावनमार्ग कालोपत्रे भएपछि तारा र गोमा एयरलायन्सले ताप्लेजुङ–काठमाडौं सीधा उडान सञ्चालनमा गर्दै आएको थियो । यस उडानले ताप्लेजुङ भित्रने बाह्य तथा आन्तरिक पर्यटक लगायतका यात्रुलाई सुविधा पुगेको थियो । तर अहिले उडान अवरुद्ध हुँदा यात्रुहरूमारमा परेका छन् भने जिल्लामा भित्रने आन्तरीक तथा बाह्र पर्यटकको संख्य पनि घटेको सुकेटारका स्थानिय हर्क गुरुङले बताए । दैनिक दर्जनौ यात्रु काठमाडौ जानका लागि सम्पर्कमा आउने गरे पनि मौषममा आएको खराविका कारण पठाउन नसकेको ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेशन इन्चार्ज विकास राईको भनाई छ । अग्लो स्थानमा विमानस्थल रहेकाले वर्षातको समयमा हुसु र कुहिरोले विमानस्थल पुरै ढाक्ने भएकाले यस स्थानमा विमान अबतरण गर्न समस्या हुने गरेको उनको भनाई छ । विमानस्थल कालोपत्रे भएपछि गोमा र तारा एयरले साताको तीन दिन आइतबार, बुधबार र बिहीबार ताप्लेजुङ–काठमाडौं सीधा उडान सञ्चालनमा आएकाले पनि हवाई यात्रुहरूबढी आकर्षित भएका थिए । पहिले धावनमार्ग कच्ची हुँदा वर्षात्को समयमा हिलोका कारण प्रायः जेठ दोस्रो सातादेखि असोजसम्म उडान स्थगित गर्ने गरिएको थियो । यो वर्ष विमानस्थलका कारण नभई बादलसहितको खराव मौसमका कारण उडान अवरुद्ध भएको विमान सञ्चालकहरुको भनाई छ । २०३१ सालमा निर्माण भएको सुकेटार विमानस्थल झण्डै चार दशक जति कच्ची अवस्थामा रहँदासम्म एकमात्र नेपाल वायु सेवा निगमले विराटनगर–ताप्लेजुङ उडान सञ्चालन गर्दै आएको थियो । यो विमानस्थललाई पर्यटकिय क्षेत्र कञ्चनजंघा, कुम्भकर्ण र पाथिभरा आउने पर्यटकले बढि प्रयोग गर्ने गरेका छन् । suketar तस्विर: हुसुले ढाकेको सुकेटार एयरपोर्ट । फोटो: रविन भट्टराई/ताप्लेजुङ