धरान/सुनसरी नेत्रहीन संघको ९ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । धरान–१५ स्थित चुम्लुङहिम परिषरमा सम्पन्न सभामा वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदनहरु सुनाइए । netrahin sangh साथै, ३० जना दृष्टिविहीनहरुलाई सेतो छडीसमेत प्रदान गरिएको छ । छुन्टेल शेर्पाको सहयोगमा सेतो छडी प्रदान गरिएको हो । त्यस्तै विभिन्न संघ संस्थाहरुलाई सम्मान पत्रले सम्मानित गरिएको छ । सम्मानित हुने संस्थाहरुमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, ब्लाष्ट टाइम्स दैनिक, सेवक अभियान, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्रकुमार राई, सगरमाथा कलेजका मोहन श्रेष्ठ, पूर्वाञ्चल ज्ञानचक्षुकी प्रअ केशरी थापा, निश्चल पलिखेलाई सम्मान पत्रसहितले सम्मानित गरिएको हो । संघका अध्यक्ष इन्द्रबहादुर लिम्बू, प्रमुख अतिथि नेपाल नेत्रहीन संघकी केन्द्रीय सदस्य एवं मोरङ नेत्रहीन संघकी अध्यक्ष सावित्री कोइरालालगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा पूर्वाञ्चल ज्ञानचक्षुका शिक्षक हरिकृष्ण श्रेष्ठ, सेवक अभियानका अभियन्ता राजिव हलुवाईलगायतको उपस्थिति रहेको थियो । सभामा संस्थाले गरेको शैक्षिक प्रवद्र्धन कार्यक्रम, स्वबलम्बन तथा सीपमूलक तालिम कार्यक्रम, सचेतनामूलक कार्यक्रमको बारेमा सचिव सागरराज सुब्बाले जानकारी गराएका थिए । तालिम गृह निर्माण बारेमासमेत जानकारी गराएका थिए ।