ताप्लेजुङ /ताप्लेजुङ सदरमुकाम भित्रै तरकारी बोक्ने जिप दुर्घटना हुँदा सो जिपका चालक घाईते भएका छन् ।
भोली सदरमुकाममा लाग्ने शनिवारे हाटका लागि तरकारी लिएर तोक्मेडाँडा स्थित हाट लाग्ने स्थान तर्फ जाँदै गरेको मे १ ज २१९४ नंबरको जिप बढि सामानका कारण उकालो चड्न नसक्दा सडकमानै पल्टिएको थियो ।
जिप पल्टदा जिपका चालक २७ वर्षीय प्रदिप जोगि घाईते भएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसीले बताएका छन् । घाईते जोगिको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।