मध्य पहाडी लोकमार्ग अबरुद्ध
- साउन १४, २०७३
- ब्लाष्ट खबर
ताप्लेजुङ/अविरल वर्षाका कारण पहिरो झर्दा मध्य पहाडी लोकमार्ग अबरुद्ध भएको छ ।
लोकमार्गको पाँचथरको फिदिम–आठराई सडक खण्ड अन्तर्गत सरखण्डे भन्ने स्थानमा गएराति पहिरो झर्दा सडक पुर्ण रुपमा अबरुद्ध भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी कृष्ण प्रसाद कोईरालाले बताए ।
सडकमा पहिरो सँगै ठुला, ठुला ढुङ्गा खस्दा सो सडक मार्ग भएर पाँचथरको फिदिम सहित ईलाम र झापाको विभिन्न स्थानबाट तेह्रथुम जाने तथा तेह्रथुमबाट सो स्थानमा जाने सवारी साधन बिचबाटोमानै रोखिएका छन् ।
पहिरो पन्छाउन स्काभेटर सहित प्रहरी परीचालन गरीएको डिएसपी कोईरालाले बताए । साथै सो स्थानका विभिन्न भागमा पहिरो झरीरहेकाले पैदल यात्रिलाई समेत सचेत भएर हिड्न प्रहरीले आग्रह गरेको छ ।
फाइल तस्बिर