लहान/ प्रहरीको गस्ती टोलीले गएराति सिरहा नगरपालिका(३ स्थित मख्नाहाबाट भन्सार छलेर ल्याएको अवैध कपडासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले अवैध कपडासहित सिरहाको औरही गाविस(१ निवासी २६ वर्षीय अमेन्द्रकुमार यादवलाई पक्राउ गरेको हो ।

kapada भारतीय बजार जयनगरतर्फबाट अवैध रुपमा कपडा ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले रु एक लाख मूल्य बराबरको उक्त कपडासहित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । पक्राउ परेका यादव र बरामद भएका कपडा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सिरहामा बुझाइने जनाइएको छ ।