विजयपुर/सुनसरीको प्रकाशपुर स्थित चक्रघट्टिमा २१ करोड ६८ लाखको लागतमा खानेपानी तथा सरसफाई आयोजना सुरु भएको छ । यो आयोजना सम्पन्न भएपछि महेन्द्रनगरमा खानेपानी र सरसर्फाइ समन्धि समस्याहरु समाधान हुने छन् । mahendra-(2) एसियाली बिकाश बैकको सहयोगमा सञ्चालित ‘महेन्द्रनगर सुनसरी शहरी खानेपानी तथा सरसफाई आयोजना’ले कम्तिमा बिस बर्षका लागि चार हजार घर लाई २४ सै धण्टा खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको छ भने सरसफाईको क्षेत्रमा नयाँ कार्यक्रमहरु सुरु गरेको छ ।नेपाल सरकारको तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको सहकार्यमा सञ्चालित आयोजनाको २०७२ साल असार २१ ग्ते कन्काई इन्टरनेशनल बिल्डर्स प्रालीसँग ठेक्का सम्झौता भएको थियो । ०७२ असार २७ गतेबाट सुरु भएको आयोजनाको काम ०७३ पुसमा सम्पन्न गर्ने ठेकेदार कम्पनी सँग सम्झौता भएको छ । महेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष भवानी धिमालले आयोजना सम्मन्न भएपछि महेन्द्रनगरका १,२,३,४ र ६,७,८ वटाका बासिन्दा प्रतक्ष्य लाभान्वीत हुने बताए । यो आयोजनामा एसियाली बिकाश बैकको ७० प्रतिसत,नगरबिकाश समितीको र ५ प्रतिसत स्थानियको सहभागिता रहेको छ ।‘अहिले रिजर्ब ट्याङकी बनाउने र पाईपलाईन बिच्छ्याउने काम धमाधम भईरहेको छ’ अध्यक्ष धिमालले भने ‘समयमै उपभोक्तालाई पानी खुवाउन सकिन्छ भन्ने हाम्रो लक्ष्य छ ।’इन्जिनियर लक्ष्मिप्रसाद चौधरीले झण्डै ७० किलोमिटर पाईपलाईन बिच्छ्याउनु पर्ने बताए । ‘अहिले नौ किलोमिटर पाईपलाईन बिच्छ्याई सकेका छौ उनले भने‘ पुस सम्ममा काम सकिन्छ ।आयोजनाले उपभोक्ताहरुलाई सहुलियतमा धारा जडानको ब्यबस्थापनि मिलाएको छ ।‘हामीले ७ हजार पाँच सयमा धारा,मिटर,६ मिटर पाईप सहित प्राबिधिकहरुपनि उपलब्ध गराउने छौ अध्यक्ष धिमालले भने ‘ आयोजनाले उपभोक्तालाई सहज रुपमै सुबिधा उपलब्ध गराउने छ । आयोजनाले उपलब्ध गराउने खानेपानी बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको हुने उनले बताए । अहिले खानेपानीका लागि महेन्द्रनगरकै देबिथान लाईनमा चार लाख ५० हजार लिटरको रिजर्भ ट्याङकी निर्माण भईरहेको छ ।देबिथान लाईन आसपासबाटै पानी ड्रिलिङ गरिएको छ ।