उर्लाबारी (मोरङ) / मोरङको अमरदहमा पानीमा डुबेर गएराति एक जनाको मृत्यु भएको छ । राति १० बजे अमरदह– ८ बस्ने ५८ वर्षीय सैनबहादुर पौडेल स्थानीय ढोकरिया बजार पूर्वपट्टि रहेको कल्भर्टमा रहेको पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।