पाँचथर/ आर्थिक वर्ष २०७२÷७३ मा पाँचथरबाट बेपत्ता भएकाहरुमध्ये ३२ जना महिला र वालवालिकाको अवस्था अझै अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्क अनुसार २७ महिला, २ वालक र ३ वालिका गरी ३२ जनाको अवस्था अज्ञात रहेको हो । गएको आर्थिक वर्षमा जिल्लाको विभिन्न स्थानबाट ५७ महिला, ६ वालक र ५ वालिका हराएको भन्दै खोजीकार्य गरिदिन आफन्तले निवेदन दिएका थिए । ती मध्ये ३० महिला, ४ वालक र २ वालिका मात्रै फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए । bepatta-nagarik आफन्तले दिएको निवेदनको आधारमा खोजीकार्य गर्दा समेत फेला नपरेकाले ३२ जनालाई बेपत्ता सूचिमा राखिएको डिएसपी कोइरालाको भनाई छ । हराएका महिलाहरु मध्ये अधिकांशले अर्कै सँग घरजम गरेको र केहीले आफ्नै तरिकाले नयाँ जीवन सुरु गरी आफन्त सँग सम्पर्कबीहिन भई बस्ने गरेकाले फेला पार्न गाह्रो भएको डिएसपी कोइरालाले बताए ।