धरान / सर्दु खोलामा आएको बाढीले १२ वटा घरमा क्षति पु¥याएको छ । अविरल वर्षाको कारण सर्दुमा बाढी आउँदा धरान–११ स्थित नमुना सुन्दर बस्ती टोलको ५ घर पूर्ण रुपमा क्षति पु¥याएको हो भने ७ घरमा केही क्षति पुर्याएको छ । बाढीले भक्तबहादुर दर्जी, जोन्सरी राई, ईन्द्र राई, तेजमाया राई, र लग्नसरी राईको घर पूर्ण रुपमा क्षति पुगेको हो भने बिष्णुराज राई, माया मगर ,कृष्ण सुनुवार ,प्रेम बिक, बिष्णु राई ,समिता राई ,थामराज राई ,कुमार बिक ,बलबहादुर राई चन्द्र राईको घरमा सामान्य क्षति पुगेको हो । क्षतिग्रस्त क्षेत्रमा मंगलबार धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्सामहाग मेन्याग्बो, केन्द्रकी कमला राई, एमालेका बाबुलाल लामा र नेपाली कांग्रेसका नगर सभापति तिलक राई निरीक्षण गरेका छन् । कमला राईले १२ हजार २ सय ३० रुपैया क्षतिग्रस्त घरपरिवारलाई सहयोगसमेत गरेका छन् । करिव ६ वर्ष अघि सुकुम्बासी बस्तीको रुपमा उक्त बस्ती बसेको हो । सोही नजिक पर्ने बाँध सर्दुले क्षति पुर्याएमा एन्फा टेक्निकल सेन्टरसँगै करिव ३ सय घर जोखिममा पर्ने स्थानीयबासी जीतराज राईले जानकारी दिए । उनका अनुसार हाल करिव २० लाख रुपैया क्षति गरिसकेको छ । धरान उपमहानगरले उक्त क्षेत्रको सुरक्षार्थ तत्काल तारजाली लगाउनको लागि स्थानीयवासीलाई आग्रह गरेको छ । र, उक्त खर्च वापत लागेको रकम उपमहागनरले भदौंमा बिनियोजन गर्नेसमेत बताएको छ ।