पाँचथर / आर्थिक वर्ष २०७२/०७३ मा पाँचथरबाट बेपत्ता भएकाहरुमध्ये ३२ जना महिला र बालबालिकाको अवस्था अझसम्म थाहा लाग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २७ महिला, दुई बालक र तीन बालिका गरी ३२ जनाको अवस्था थाहा लाग्न नसकेको हो । गत आर्थिक वर्षमा जिल्लाको विभिन्न स्थानबाट ५७ महिला, छ बालक र पाँच बालिका हराएको भन्दै खोजी कार्य गरिदिन आफन्तले निवेदन दिएका थिए । तीमध्ये ३० महिला, चार बालक र दुई बालिका मात्रै फेला पारिman-in-dark4एको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए । आफन्तले दिएको निवेदनको आधारमा खोजी गर्दा समेत फेला नपरेकाले ३२ जनालाई बेपत्ता सूचीमा राखिएको डिएसपी कोइरालाको भनाइ छ । हराएका महिलाहरुमध्ये अधिकांशले अर्कैसँग घरजम गरेको र केहीले आप्mनै तरिकाले नयाँ जीवन शुरु गरी आफन्तसँग सम्पर्कविहीन भइ बस्ने गरेकाले फेला पार्न गाह्रो भएको डिएसपी कोइरालाले बताए ।