-
Home
-
पूर्व
-
सरस्वती बालआश्रमले मनायो रजत जयन्ती
सरस्वती बालआश्रमले मनायो रजत जयन्ती
धरान / धरान–३ स्थित सरस्वती बाल आश्रमले आइतबार रजत जयन्ती महोत्सव मनाएको छ । रजत जयन्तीको अवसरमा आश्रमले एक महिने लामो कार्यक्रम गर्ने भएको छ ।
महोत्सवको परोपकार अनाथालय काठमाडौंमा रहेर जलविद्युत विशेषज्ञसमेत बन्न सफल डा. डम्बरबहादुर नेपालीले समुद्घाटन गरेका छन् । भदौं २९ गते बालदिवससम्म चल्ने कार्यक्रममा बीच बीचमा विविध कार्यक्रम राखिएको छ । आश्रममै रजत जयन्ती स्तम्भसमेत शिलान्यास गरिएको छ । जसमा सरस्वतिको मुर्ती प्रतिस्थापन गरिने सचिव मनिष खड्गीले जानकारी दिए ।
सिलान्यास गर्दै प्रमुख अतिथिसमेत रहेका डा. नेपालीले अनाथ रहेर पनि यो स्थानसम्म आइपुग्नेको लागि आफूमा भएको दृढता र मेहनतले आइपुगेको बताए । उनले आश्रममा रहेका बच्चाहरुलाई पनि मेहनत गरेर अघि बढ्नको लागि सुझावसमेत दिए । उनले अमेरिकाको कोलोराडोमा विद्यावारधी गरेका थिए । र, नेपालमा आएर चिलिमे जलविद्युत आयोजना सम्पन्न गर्नेमा उनी एक हुन् ।
कार्यक्रममा कोशी अञ्चल प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी पवनप्रसाद खरेल, आश्रमका पूर्व अध्यक्ष सुन्दरलाल श्रेष्ड, यस्सर सदस्य मदनप्रसाद श्रेष्ठ, सल्लाहकार सरला कायस्थ, श्यामबहादुर कटुवाल, नमुना बालगृहकी संस्थापक अध्यक्ष मिना बराललगायतको उपस्थिति रहेको थियो । हाल आश्रममा १२ केटा र ८ केटीसहित २० जना आश्रित छन् । दुईजनाबाट २०४८ सालमा कृष्णबहादुर साहीले सुरु गरेको आश्रमका बालबालिकाहरु अहिले विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् ।
आश्रमले साउन १४ र १५ क्यानभाष प्लग, पूर्व कार्यसमिति बीच पुर्नमिलन कार्यक्रम, जम्काभेट कार्यक्रम, भदौं ४ गते रक्तदान कार्यक्रम, भदौं १० गते पूर्वाञ्चल भरीका आश्रमबीच अन्तरक्रिया, भदौं १४ गते हाजिरजवाफ, २४ गते प्रभातफेरी र २९ गते बाल दिवसको अवसरमा समापन गर्ने कार्यक्रम रहेको छ । अघोषित मुठीदान आश्रम सञ्चालन भइरहेको छ ।