इनरुवा / वर्तमानसंविधानलाई कार्यन्वयन गर्नुको सट्टा राजनितिक दलहरु सरकार परिर्वतनको खेलमा लागेको कारण संविधान कार्यन्वयनमा चुनौती देखा परेको सुनसरीका कानुन व्यवसायीहरुले बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा शनिवार प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन सुनसरीको दोस्रो जिल्ला अधिवेशनमा सहभागी कानुन व्यवासी तथा अधिवक्ताहरुले यस्तो बताएका हुन । प्रमुख राजनितिक दलहरु संविधान कार्यन्वयनको कार्यलाई छोडेर सत्ता परिवर्तनको खेलमा लागेकोले संविधान कार्यन्वयनमा समस्या भएको बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य धर्मराज निरौलाले सत्ता परिर्वतन खेलका कारण संविधान कार्यन्वयनमा ठूलो संकट आईपरेको बताउदै संविधान कार्यन्वयनका लागि सम्पुर्ण नेपाली जनता, कानुन व्यवसायीहरुले प्रमुख राजनितिक दलहरुलाई खवरदारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष द्धारिकलाल चौधरी, प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठनका केन्द्रिय उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक सुरेन्द्र यादव, अधिबक्ता तथा ब्लाष्ट दैनिकका सम्पादक निर्देशक किशोरकुमार कार्की , केन्द्रीय सदस्य नारायण वस्ती, केन्द्रिय सदस्य कुमार भटट्राई, नेपाल बार एसोसिएन सुनसरीका अध्यक्ष राजु ढकाल लगायतका बक्ताहरुले संविधान कार्यन्वयनमा देखिएको समस्याबारे धारणा राखेका थिए ।
त्यसैगरी प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन सुनसरीको दो्रसो अधिबेशनबाट अध्यक्षमा शारदा प्रसाद अधिकारी, उपाध्यक्षमा श्याम प्रसाद राई, सचिवमा शंकर प्रसाद दाहाल र कोषाध्यक्षमा नन्दकुमार दाहाल निर्विरोध सर्वसहमत निर्वाचित भएका छन् भने सदस्यहरुमा हेमराज सुवेदी, रतनकुमार श्रेष्ठ, खेम लामिछाने, राजन राई, लोदराज अचार्य, उद्धव नेपाली, प्रमोद सुवैदी, रामकुमार साह र मनोजकुमार अधिकारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुरेन्द्र यादवले बताए । कार्यक्रम प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन सुनसरीका अध्यक्ष प्रेम प्रसाद पोखरेलको अध्यक्षतामा समपन्न भएको थियो ।