धनबहादुर पुरी ,   कोशी ब्यारेज (सुनसरी) केहि दिन यता पूर्वी पहाडी क्षेत्रमा वर्षा वढेपछि सप्तकोसी नदीमा पानीको वहाव ह्वात्तै बढेको छ । कोशीमा शनिवार दिउसो दुई वजे गरिएको मापनमा यो वर्षकै उच्च पानीको वहाव मापन गरिएको हो । पानीको वहाव दुई लाख ३८ हजार ५ सय ५० क्युसेक बहाब पानी मापन कोशी ब्यारेज कन्टोल रुपले जनाएको छ । कोशीमा यो वर्षको सबैभन्दा धेरै पानीको वहाव मापन गरीएको कोशी ब्यारेज प्रहरी चौकीका सई भिम थेवेले जनाए । कोशीको ५२ वटा ढोका मध्ये ३२ वटा ढोका खोलीएको छ– सई थेबेले भने ।  कोशी ब्योज क्षेत्रमा भारतीय पक्षले उच्च सुरक्षा अपनाउँन थालेको छ । अहिले सप्तकोशीको पुलदेखि चतरासम्मका तटवन्धहरुमा टालटुल गर्ने काम भईरहेको छ ।  लगातार पानीको वहावले स्परहरुलाई धक्का दिन सक्ने भन्दै सर्वसाधरणहरु कोशी आसपासको स्परहरुमा जाने गरेको प्रहरीले जनाएको छ । हिउँदमा नेपाल र भारत पक्षले राम्रो काम नगर्दा कोशी आसपासका जनताहरु वर्षायाममा रातभरी जागै बस्नु पर्ने वाध्यता भएको कोशी बाढी पिडित सर्घष समितिका सचिव वावुराम कार्कीले जनाए । उनले भने नेपाल र भारतीय पक्षकै लापरवार्हीले हजारौ सर्वसाधरण ठुलो पानी पर्दा अहिले जागै वस्न वाध्य छन । कोशी ब्यारेज क्षेत्रका सम्पूर्ण स्परहरु मर्मत गर्ने वेला भए पनि नभईरहेको भन्दै तत्काल सरकार र भारतीय पक्ष यसमा लाग्नु पर्ने उनको भनाई थियो । कोशी क्षेत्र आसपासका जनताहरु रातमा सुत्न नसकेको भन्दै वर्षौदेखिको समस्यामा सरकार र भारतीय पक्षले हेलचेक्र्याई गरीरहेको उनको भनाई थियो ।