पथरी/ एक हप्ता अघिदेखि लगातार परेको पानीले बक्राहा खोलमा पानीको बहाब बढे पछि मधुमल्ला ५ को बेतेनीबाट पुनः खोला बस्तीमा पसेको छ । यस बर्ष खोलाले पटक–पटक बाँध कटान गरेपछि लगाईएको बालुवाको बाँध भत्काएर खोला शनिबार विहान बेतेनीको गाउँ तर्फ पसेको हो । badhi_jhapa1-4 खोला गाउँ पस्दा गाउँका ६० घर बाढीले डुबेको स्थानीय पत्रकार सन्तोष गौतमले बताएका छन् । सो स्थानबाट यस अघि पनी २ पटक खोला गाउँमा पसेको थियो । यस्तैगरी मधुमल्ला ४ र ५ पर्ने धप्पर टोलमा समेत खोलाको कटानले बाढी पस्ने लागेकोले त्यहाँका स्थानीय त्रासमा रहेको बक्राहा नदी नियन्त्रण उपभोक्ता संस्थाका अध्यक्ष मित्र भण्डारीले बताए । अहिले सम्म कुनै मानवी क्षती भने नभएको तर उद्धारमा भने अबिरल बर्षाका कारण जान समस्या भएको इलाका प्रहरी कार्यलय मधुल््लाका सई एदुकुमार खड्काले जानकारी दिए । गत आसार ७ गते बक्राहा खोलामा आएको भिषण बाढीले मधुमल्ला ५ को माथिल्लो कसेनी , मधुमल्ला ४ को धप्पर टोल र मधुमल्ला ५को बेतेनीमा गरी ३ ठाउँबाट खोल गाउँ पस्दा ३५ भन्दा बढी घरपरिवार बिस्थापित हुनुका साथै २०० भन्दा बढी घरहरु डुबानमा परेका थिए । साथै सो क्षेत्रमा ३०० बिघा भन्दा बढी खेती योग्य जमिन बगरमा परिणत भएको छ ।