उर्लाबारी / गत असार २१ ग्ते उर्लाबारी–१ स्थित ओम सत्य साई पेट्रोल पम्प अगाडि भएको दुर्घटनाबाट मृत्यु भएकी कविता धिमालका आफन्तले न्याय दिलाउन माग गरेका छन् । सञ्चार क्लब नेपाल उर्लाबारीमा कविताका आफन्तले पत्रकार सम्मेलन गरी आफूहरुलाई क्षतिपूर्तिभन्दा पनि दोषीलाई कानुनी कारबाहीको माग गरेका हुन् । court मोटरसाइकलले स्कुटीलाई ठक्कर दिदा सो दुर्घटना भएको थियो । दुर्घटनमा परी पथरी–२ की कविता धिमालको मृत्यु भएको थियो भने मृतककी छोरी अनिशा धिमाल घाइते भएकी थिइन् । दुर्घटना गराउने मोटरसाइकल चालक झापा विर्तामोडका अरुण भन्ने आकाश खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकल चालक खड्काको सवारी चालक अनुमति–पत्र नभएको पीडित पक्षको दावी छ । सो दुर्घटना बा ७४ प ३९३४ नम्बरको मोटरसाइकलले मे ४ प ४७४३ नम्बरको स्कुटीलाई ठक्कर दिदा भएको थियो । पीडकका मान्छेहरुले आपूmहरुलाई अनावश्क दबाब दिएकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको मृतकका श्रीमान् इन्द्र धिमालले बताउनुभयो । लाइसेन्स नलिई सवारी कुदाउँदै ज्यान लिनेलाई कानुनी कठघरामा उभ्याउनुपर्ने पीडित पक्षको माग छ । पत्रकार सम्मेलनमा मृतकका श्रीमान् इन्द्रसहित दुई छोरीहरु अनिषा र एलिसा धिमालको उपस्थिति रहेको थियो ।