तेह्रथुम / सिम्ले ७ तेह्रथुम वस्ने एक महिला मृत अवस्थामा फेला परेकी छिन । गत सोमबारदेखि वेपत्ता भएकी २६ वर्षिय कमला राई बुधबार मृत अवस्थामा फेला परेकी हुन । मानसिक सन्तुलन ठिक नभएकी राई घर नजिकैको फुर्से नामखुवा सामुदायिक वनमा मृत अवस्थामा फेला परेको स्थानीयवासी मन वहादुर श्रेष्ठले जानकारी दिए । मृतक राईको मृत्युबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भगेन्द्र पुरुस ढकालले बताए । उनको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउदै गरिएको छ । मृतक राई १ छोराका साथ माईतघरमा नै वस्दै आएकी श्रीजना राईले बताईन ।