पुरुषोत्तम बस्नेत[/caption]
काठमाडौँ महानगरपालिका विगत धेरै समयदेखि जन–प्रतिनिधिविहीन अवस्थामा छ । यससित सम्बन्धित केही व्यक्ति वा व्यक्ति समूहले यो अवस्थालाई नाजायज तवरले उपयोग गरिरहेका छन् । उनीहरूको यस्ता मुलुकलाई धेरै काल पछिसम्म नकारात्मक असर छाडेर जाने गैरजिम्मेवार कार्यले काठमाडौँ महानगरपालिकालाई अस्वाभाविकरूपमा कुरूप बनाइरहेको छ, असुविधायुक्त बनाइरहेको छ र असुरक्षित बनाइरहेको छ ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुराताìिवक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगरपालिका गत वर्षको विनासकारी भूकम्पको उत्पीडनबाट ठूलो खण्डहरमा परिणत भएको छ । काठमाडौँलाई मात्र होइन, सम्पूर्ण नेपाललाई संसारभरि चिनाउने यसका ऐतिहासिक धरोहरहरू जोखिमपूर्ण स्थितिमा छन् । अनेकौँ पीडित परिवारहरूले सङ्कट, असुरक्षा र अभावको कष्टपूर्ण जीवन बिताइरहेका छन् । यो स्थितिप्रति काठमाडौँ महानगरपालिकाले कतै, कुनै सरोकार देखाएको छैन । महानगरपालिका फोहोर व्यवस्थापनमा जिम्मेवारपूर्ण तवरले प्रस्तुत भएको छैन । भत्काएर त्यसै छाडेको दुर्घटनाग्रस्त सडकहरू बनाउन यसले कुनै चासो राखेको छैन । यस्ता अरू अनेक कार्यमा यो नितान्त निस्क्रिय अवस्थामा रहेको छ तर हतार–हतार यसले पुरानो बस पार्कलाई खुलामञ्चमा सारेर, त्यो ठाउँलाई अग्लो भ्युटावर बनाउन तीस वर्षको लिजमा एउटा व्यापारिक कम्पनीलाई दिएको छ र बनाउने कार्य सुरु भइसकेको छ ।
काठमाडौँमा आठ–दश तलाको अग्लो भवन बनाउने अनुमति दिन पनि एक्लो महानगरपालिकालाई मात्र अधिकार छैन । त्यसमा एक साथ धेरै कुरालाई पालन गर्नुपर्ने हुन्छ । गत वर्षको भूकम्पको प्रलयङ्कारी पीडालाई कसैले पनि बिर्सन सकेका छैनन् तर महानगरपालिकाले यसलाई बिर्सेर, भवन आचार संहिताको पूर्णतः उल्लघङ्न गरी, पुरानो बस पार्कमा पहिले २९ तलाको भ्युटावर बनाउने निर्णय गरेको थियो र त्यसमा घटाएर १२ तलाको टावर बनाइँदैछ । २९ तलाको भ्युटावर निर्माण गर्ने निर्णय किन गरियो ? त्यो निर्णयलाई परिवर्तन गरेर १२ तला बनाउनुपर्ने कारण र त्यसको आधार के हो ? यस्ता कतिपय कुराले यसमा अरू आशङ्काहरू थपेका छन् । जेहोस्, एक व्यापारी कम्पनीलाई काठमाडौँको आजसम्मको सबभन्दा अग्लो भ्युटावर बनाउन दिएको अनुमति नितान्त गैरजिम्मेवार छ र बदनियतपूर्ण छ । काठमाडौँ उपत्यकाको भूमिमा आठ–नौ तलाभन्दा माथिको भवन निर्माणको कार्यको प्रारम्भ केही वर्ष पहिलेदेखि मात्र भएको हो तर ती कतिपय नवनिर्मित भवन जिम्मेवारपूर्ण तवरले बनेका छैनन् । कति विमानको उडान मार्गलाई अवरोध पुग्ने गरी बनेका छन् । अधिकांश यस्ता अग्ला भवनहरू गत वर्षको भूकम्पबाट चर्किएका छन् । कति क्षतिग्रस्त भएका छन् । तिनीहरूलाई निर्माणको अनुमति दिँदा महानगरपालिकाले उचित जिम्मेवारी पूरा नगरेको प्रमाण हो, यो । निर्माण गर्नेहरूले पनि विश्वसनीय निर्माण सामग्रीको प्रयोगमा तथा अरू कुरामा पनि ध्यान दिएको भए निश्चय नै ती भवनहरू चर्कने र क्षतिग्रस्त हुने थिएनन् । चर्किएका यस्ता अग्ला भवनको वरपर बस्नेहरू सबैले सधैँ सन्त्रस्त भएर बस्नु परेको छ । ती अग्ला भवनहरूले किच्ने सम्भावित खतराबाट भयभीत कतिले ती ठाउँहरू छाडेर गएका छन् । कतिले यस्ता खतरायुक्त भवनहरू भत्काउन अनुरोध गरेका थिए तर सरकार र महानगरपालिका त्यसप्रति संवेदनशील भएन । त्यस्ता चर्किएका भवनहरूको सामान्य मर्मत गर्नुबाहेक सुरक्षामा आश्वस्त हुनुपर्ने कुनै कार्य भएनन् । अहिलेसम्म त्यस्ता अग्ला भवनको वरपर बस्नुपर्ने धेरैले सधैँ मृत्युलाई स्पर्श गरिरहेको स्थितिमा रहनु परेको छ । त्यस्ता भवनबाट कुनै दुःखद् दुर्घटना हुन गए भने त्यसको जिम्मेवारी सरकार र महानगरपालिकाले लिनुपर्नेछ ।
आठ–नौ तलाको भवनको यो असुरक्षित अवस्थालाई देख्दादेख्दै, महानगरपालिकाले त्यसभन्दा धेरै अग्लो भ्युटावर बनाउने अनुमति किन दियो ? बसपार्कलाई तीस वर्षको लीजमा दिएर सबभन्दा अग्लो भ्युटावर बनाउन किन आवश्यक प¥यो ? त्यहाँको भूगर्भको स्थिति त्यति अग्लो भ्युटावरलाई धान्न उपयुक्त छ कि छैन ? त्यसको परीक्षण कहाँ, कसले, कहिले ग¥यो ? त्यसको निर्माणमा प्रयोग हुने सामग्रीको परीक्षण कुन निकायले कसरी गर्ने
हो ? बसपार्कको अस्तित्व समाप्त पारेर, त्यसमा भ्युटावर बनाउन दिने आधिकारिक निकाय जन–प्रतिनिधि विहीन अवस्थाको नगरपालिका हो कि
होइन ? बसपार्कको रेखदेख, मर्मत तथा सम्भारको जिम्मा महानगरपालिकालाई भए पनि त्यसलाई अरू प्रयोजनमा परिणत गर्ने, त्यो स्थानलाई लामो अवधिसम्मका लागि व्यापारिक कम्पनीलाई लिजमा दिने अधिकार यसलाई छैन । खुलामञ्चलाई बस पार्कमा रूपान्तरण गर्ने अधिकार पनि महानगरपालिकालाई छैन । खुलामञ्च सधैँ खुलारूपमा रहने काठमाडौँका जनताको सुरक्षाको आश्रय स्थल हो । यो उपत्यकाका सम्पूर्ण जनताले निर्वाध तवरले उपयोग गर्न पाउने सार्वजनिक महìवको अभिभाज्य स्थान हो । यसलाई विभाजित गर्ने, दक्खल दिने वा अरू कुनै कार्यको निमित्त प्रयोग गर्ने अधिकार महानगरपालिकालाई किमार्थ छैन ।
खुलामञ्चको पूर्व र पश्चिम दुवैतिरको अति व्यस्त सडकमा धेरै पहिलेदेखि एकतर्फी (वान वे) सवारी साधन चलाउने गरिएको थियो । बसपार्कलाई खुलामञ्चमा सारिएपछि त्यहाँ दुर्घटनाको सम्भावना पनि बढेको छ र आवत–जावतमा पनि अवरोध खडा भएको छ । यसबाट वीर अस्पताललाई अझ ठूलो असुविधा पुगेको छ । अस्पतालबाट आउने र जाने एम्बुलेन्सहरूले निर्वाधरूपमा जान–आउन पाएका छैनन् । ठूलाठूला बसको कोलाहलपूर्ण आवाज र अटुट ओहरदोहोरले ध्वनि र अरू प्रदूषणहरू बढाएको छ । चिकित्सकहरूलाई बिरामीको उपचारमा एवं बिरामीहरूलाई अरू धेरै कुरामा असुविधा पुगेको छ । यो स्थितिमा पुरानो बसपार्कलाई अग्लो भ्युटावर बनाउने महानगरपालिकाको निर्णयको कुनै पनि पक्ष काठमाडौँका जनताको हितमा छैन । यो कानुनसम्मत निर्णय पनि होइन । बसपार्कको अस्तित्वलाई समाप्त पारेर भ्युटावर बनाउने तथा खुलामञ्चलाई बसपार्कमा परिणत गर्ने अधिकार महानगरपालिकालाई छैन । महानगरपालिकालाई यो अधिकार सरकारले प्रदान गरेको हो भने यो काठमाडौँका जनतालाई कदापि मान्य हुन सक्तैन ।
यो एउटा टोल वा महानगरपालिकाको सीमा क्षेत्रभित्र मात्र सीमित विषय होइन । पुरानो बसपार्क देशभरिका सम्पूर्ण जनताले उपयोग गर्ने देशको राजधानीको एक संवेदनशील ठाउँ हो । यसलाई जन–प्रतिनिधि विहीन अवस्थाको महानगरपालिकाले जोखिम र अरू अनेक विवादयुक्त अग्लो भ्युटावर व्यापारिक प्रयोजनको निमित्त एक व्यापारिक कम्पनीलाई लामो अवधिसम्मको लिजमा दिने निर्णय किन ग¥यो । यसले अनेक आशङ्काहरू खडा गरेको छ । यसको यथाशीघ्र उच्चस्तरीय रूपमा उचित छानविन हुनुपर्छ । यसको साथै टुडिखेल वा खुलामञ्चलाई बसपार्कमा परिणत गराएर महानगरपालिकाले प्राचीन सभ्यताको नगरी काठमाडौँको ऐतिहासिक, सामाजिक र सांस्कृतिक धरोहर माथि एकसाथ आक्रमण गरेको छ । यो, काठमाडौँको धेरै कुराको साथै यसको सुन्दरता र सुरक्षामाथिको पनि अतिक्रमण हो । काठमाडौँ महानगरपालिकाका दुई–चार व्यक्ति विशेषको मिलेमतोमा, उनीहरूको निहित स्वार्थमा भएको यस्ता बदनियतपूर्ण कार्यलाई कुनै पनि जिम्मेवार नागरिकले हेरेर मात्र रहनु हुँदैन ।गोरखापत्र अनलाईनबाट काठमाडौँलाई कुरूप र असुरक्षित बनाइँदै
[caption id="attachment_6838" align="alignleft" width="142"]
पुरुषोत्तम बस्नेत[/caption]
काठमाडौँ महानगरपालिका विगत धेरै समयदेखि जन–प्रतिनिधिविहीन अवस्थामा छ । यससित सम्बन्धित केही व्यक्ति वा व्यक्ति समूहले यो अवस्थालाई नाजायज तवरले उपयोग गरिरहेका छन् । उनीहरूको यस्ता मुलुकलाई धेरै काल पछिसम्म नकारात्मक असर छाडेर जाने गैरजिम्मेवार कार्यले काठमाडौँ महानगरपालिकालाई अस्वाभाविकरूपमा कुरूप बनाइरहेको छ, असुविधायुक्त बनाइरहेको छ र असुरक्षित बनाइरहेको छ ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुराताìिवक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगरपालिका गत वर्षको विनासकारी भूकम्पको उत्पीडनबाट ठूलो खण्डहरमा परिणत भएको छ । काठमाडौँलाई मात्र होइन, सम्पूर्ण नेपाललाई संसारभरि चिनाउने यसका ऐतिहासिक धरोहरहरू जोखिमपूर्ण स्थितिमा छन् । अनेकौँ पीडित परिवारहरूले सङ्कट, असुरक्षा र अभावको कष्टपूर्ण जीवन बिताइरहेका छन् । यो स्थितिप्रति काठमाडौँ महानगरपालिकाले कतै, कुनै सरोकार देखाएको छैन । महानगरपालिका फोहोर व्यवस्थापनमा जिम्मेवारपूर्ण तवरले प्रस्तुत भएको छैन । भत्काएर त्यसै छाडेको दुर्घटनाग्रस्त सडकहरू बनाउन यसले कुनै चासो राखेको छैन । यस्ता अरू अनेक कार्यमा यो नितान्त निस्क्रिय अवस्थामा रहेको छ तर हतार–हतार यसले पुरानो बस पार्कलाई खुलामञ्चमा सारेर, त्यो ठाउँलाई अग्लो भ्युटावर बनाउन तीस वर्षको लिजमा एउटा व्यापारिक कम्पनीलाई दिएको छ र बनाउने कार्य सुरु भइसकेको छ ।
काठमाडौँमा आठ–दश तलाको अग्लो भवन बनाउने अनुमति दिन पनि एक्लो महानगरपालिकालाई मात्र अधिकार छैन । त्यसमा एक साथ धेरै कुरालाई पालन गर्नुपर्ने हुन्छ । गत वर्षको भूकम्पको प्रलयङ्कारी पीडालाई कसैले पनि बिर्सन सकेका छैनन् तर महानगरपालिकाले यसलाई बिर्सेर, भवन आचार संहिताको पूर्णतः उल्लघङ्न गरी, पुरानो बस पार्कमा पहिले २९ तलाको भ्युटावर बनाउने निर्णय गरेको थियो र त्यसमा घटाएर १२ तलाको टावर बनाइँदैछ । २९ तलाको भ्युटावर निर्माण गर्ने निर्णय किन गरियो ? त्यो निर्णयलाई परिवर्तन गरेर १२ तला बनाउनुपर्ने कारण र त्यसको आधार के हो ? यस्ता कतिपय कुराले यसमा अरू आशङ्काहरू थपेका छन् । जेहोस्, एक व्यापारी कम्पनीलाई काठमाडौँको आजसम्मको सबभन्दा अग्लो भ्युटावर बनाउन दिएको अनुमति नितान्त गैरजिम्मेवार छ र बदनियतपूर्ण छ । काठमाडौँ उपत्यकाको भूमिमा आठ–नौ तलाभन्दा माथिको भवन निर्माणको कार्यको प्रारम्भ केही वर्ष पहिलेदेखि मात्र भएको हो तर ती कतिपय नवनिर्मित भवन जिम्मेवारपूर्ण तवरले बनेका छैनन् । कति विमानको उडान मार्गलाई अवरोध पुग्ने गरी बनेका छन् । अधिकांश यस्ता अग्ला भवनहरू गत वर्षको भूकम्पबाट चर्किएका छन् । कति क्षतिग्रस्त भएका छन् । तिनीहरूलाई निर्माणको अनुमति दिँदा महानगरपालिकाले उचित जिम्मेवारी पूरा नगरेको प्रमाण हो, यो । निर्माण गर्नेहरूले पनि विश्वसनीय निर्माण सामग्रीको प्रयोगमा तथा अरू कुरामा पनि ध्यान दिएको भए निश्चय नै ती भवनहरू चर्कने र क्षतिग्रस्त हुने थिएनन् । चर्किएका यस्ता अग्ला भवनको वरपर बस्नेहरू सबैले सधैँ सन्त्रस्त भएर बस्नु परेको छ । ती अग्ला भवनहरूले किच्ने सम्भावित खतराबाट भयभीत कतिले ती ठाउँहरू छाडेर गएका छन् । कतिले यस्ता खतरायुक्त भवनहरू भत्काउन अनुरोध गरेका थिए तर सरकार र महानगरपालिका त्यसप्रति संवेदनशील भएन । त्यस्ता चर्किएका भवनहरूको सामान्य मर्मत गर्नुबाहेक सुरक्षामा आश्वस्त हुनुपर्ने कुनै कार्य भएनन् । अहिलेसम्म त्यस्ता अग्ला भवनको वरपर बस्नुपर्ने धेरैले सधैँ मृत्युलाई स्पर्श गरिरहेको स्थितिमा रहनु परेको छ । त्यस्ता भवनबाट कुनै दुःखद् दुर्घटना हुन गए भने त्यसको जिम्मेवारी सरकार र महानगरपालिकाले लिनुपर्नेछ ।
आठ–नौ तलाको भवनको यो असुरक्षित अवस्थालाई देख्दादेख्दै, महानगरपालिकाले त्यसभन्दा धेरै अग्लो भ्युटावर बनाउने अनुमति किन दियो ? बसपार्कलाई तीस वर्षको लीजमा दिएर सबभन्दा अग्लो भ्युटावर बनाउन किन आवश्यक प¥यो ? त्यहाँको भूगर्भको स्थिति त्यति अग्लो भ्युटावरलाई धान्न उपयुक्त छ कि छैन ? त्यसको परीक्षण कहाँ, कसले, कहिले ग¥यो ? त्यसको निर्माणमा प्रयोग हुने सामग्रीको परीक्षण कुन निकायले कसरी गर्ने
हो ? बसपार्कको अस्तित्व समाप्त पारेर, त्यसमा भ्युटावर बनाउन दिने आधिकारिक निकाय जन–प्रतिनिधि विहीन अवस्थाको नगरपालिका हो कि
होइन ? बसपार्कको रेखदेख, मर्मत तथा सम्भारको जिम्मा महानगरपालिकालाई भए पनि त्यसलाई अरू प्रयोजनमा परिणत गर्ने, त्यो स्थानलाई लामो अवधिसम्मका लागि व्यापारिक कम्पनीलाई लिजमा दिने अधिकार यसलाई छैन । खुलामञ्चलाई बस पार्कमा रूपान्तरण गर्ने अधिकार पनि महानगरपालिकालाई छैन । खुलामञ्च सधैँ खुलारूपमा रहने काठमाडौँका जनताको सुरक्षाको आश्रय स्थल हो । यो उपत्यकाका सम्पूर्ण जनताले निर्वाध तवरले उपयोग गर्न पाउने सार्वजनिक महìवको अभिभाज्य स्थान हो । यसलाई विभाजित गर्ने, दक्खल दिने वा अरू कुनै कार्यको निमित्त प्रयोग गर्ने अधिकार महानगरपालिकालाई किमार्थ छैन ।
खुलामञ्चको पूर्व र पश्चिम दुवैतिरको अति व्यस्त सडकमा धेरै पहिलेदेखि एकतर्फी (वान वे) सवारी साधन चलाउने गरिएको थियो । बसपार्कलाई खुलामञ्चमा सारिएपछि त्यहाँ दुर्घटनाको सम्भावना पनि बढेको छ र आवत–जावतमा पनि अवरोध खडा भएको छ । यसबाट वीर अस्पताललाई अझ ठूलो असुविधा पुगेको छ । अस्पतालबाट आउने र जाने एम्बुलेन्सहरूले निर्वाधरूपमा जान–आउन पाएका छैनन् । ठूलाठूला बसको कोलाहलपूर्ण आवाज र अटुट ओहरदोहोरले ध्वनि र अरू प्रदूषणहरू बढाएको छ । चिकित्सकहरूलाई बिरामीको उपचारमा एवं बिरामीहरूलाई अरू धेरै कुरामा असुविधा पुगेको छ । यो स्थितिमा पुरानो बसपार्कलाई अग्लो भ्युटावर बनाउने महानगरपालिकाको निर्णयको कुनै पनि पक्ष काठमाडौँका जनताको हितमा छैन । यो कानुनसम्मत निर्णय पनि होइन । बसपार्कको अस्तित्वलाई समाप्त पारेर भ्युटावर बनाउने तथा खुलामञ्चलाई बसपार्कमा परिणत गर्ने अधिकार महानगरपालिकालाई छैन । महानगरपालिकालाई यो अधिकार सरकारले प्रदान गरेको हो भने यो काठमाडौँका जनतालाई कदापि मान्य हुन सक्तैन ।
यो एउटा टोल वा महानगरपालिकाको सीमा क्षेत्रभित्र मात्र सीमित विषय होइन । पुरानो बसपार्क देशभरिका सम्पूर्ण जनताले उपयोग गर्ने देशको राजधानीको एक संवेदनशील ठाउँ हो । यसलाई जन–प्रतिनिधि विहीन अवस्थाको महानगरपालिकाले जोखिम र अरू अनेक विवादयुक्त अग्लो भ्युटावर व्यापारिक प्रयोजनको निमित्त एक व्यापारिक कम्पनीलाई लामो अवधिसम्मको लिजमा दिने निर्णय किन ग¥यो । यसले अनेक आशङ्काहरू खडा गरेको छ । यसको यथाशीघ्र उच्चस्तरीय रूपमा उचित छानविन हुनुपर्छ । यसको साथै टुडिखेल वा खुलामञ्चलाई बसपार्कमा परिणत गराएर महानगरपालिकाले प्राचीन सभ्यताको नगरी काठमाडौँको ऐतिहासिक, सामाजिक र सांस्कृतिक धरोहर माथि एकसाथ आक्रमण गरेको छ । यो, काठमाडौँको धेरै कुराको साथै यसको सुन्दरता र सुरक्षामाथिको पनि अतिक्रमण हो । काठमाडौँ महानगरपालिकाका दुई–चार व्यक्ति विशेषको मिलेमतोमा, उनीहरूको निहित स्वार्थमा भएको यस्ता बदनियतपूर्ण कार्यलाई कुनै पनि जिम्मेवार नागरिकले हेरेर मात्र रहनु हुँदैन ।गोरखापत्र अनलाईनबाट
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।