तरहरा/पूर्वको ट्राफिक व्यवस्थापन सुधार हुँदै गएको दावी क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले गरेको छ । पूर्वका प्रमुख शहरहरुमा ट्राफिक व्यवस्थापन चुनौती बनेको भन्दै त्यसलाई सहज बनाउन रणनीति तयार गरेर काम गरेपछि ट्राफिक व्यवस्थापन सुध्रिएको क्षेत्रीय कार्यालयको भनाइ छ । [caption id="attachment_4733" align="alignleft" width="400"]tradik फाइल फोटो[/caption] पूर्वका जिल्ला ट्राफिक कार्यालयसहित साना–ठूला गरी ९२ वटा पोष्टमा कार्यरत् ३ सय ९२ ट्राफिक प्रहरीले व्यवस्थापनको काम गरेको क्षेत्रीय कार्यालयले जनाएको हो । दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न, ट्राफिक व्यवस्थापन मिलाउन र सडक प्रयोगकर्ताहरुबीच नयाँ–नयाँ गतिविधि र सिर्जनशील क्रियाकलाप गरिरहेको पूर्व क्षेत्रका ट्राफिक एसपी पवन गिरीले बताए । इटहरीमा फुटपाथ अतिक्रमण र जथाभावी पार्किङलाई व्यवस्थित बनाउन ट्राफिकलाई तत्काल उपस्थित गराउने उद्देश्यले सेतो हेल्मेट, सेतो पेटी, टल्कने फ्लोरोसेन्ट ज्याकेट र पाँचवटा सेतो साइकल व्यवस्था गरी बजारमा साइकल गस्तीसमेत गरिरहेको एसपी गिरीले बताए । गिरीले भने, ‘ट्राफिक सचेतनामूलक स्टिकर पाँच हजार प्रति इटहरी, उदयपुर, बिर्तामोड, दमक, विराटनगर, धरान, बेलबारीलगायतका ठाउँमा टाँस्ने काम गर्दै सरोकारवाला निकायसँग अन्तत्र्रिया गरिरहेका छौँ ।’ यो आर्थिक वर्षमा मात्र दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गर्ने १ सय ४१ जनालाई मुद्दा चलाएको कार्यालयले जनाएको छ । ३५ सय १९ जना चालकलाई मापसेमा कारवाही गरिएको छ । गत आर्थिक वर्ष ०७१÷०७२ मा सवारी दुर्घटना सङ्ख्या १७ सय भएकामा ४ सय ४३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको अहिलेसम्म ट्राफिक नियम उल्लङ्घनको आरोपमा १ लाख ८१ हजार १ सय ८६ जनालाई कारवाही गरिएको छ । त्यसबाट ७ करोड २८ लाख ४८ हजार ६ सय रुपैयाँ राजश्व सङ्कलन भएको क्षेत्रीय टाफिक प्रहरी कार्यालयका सूचना शाखाका पुस्कर श्रेष्ठले बताए । विद्यार्थीलाई पढाउदै ट्राफिक विद्यार्थीहरुबाटै ट्राफिक नियमको पालाना नहुने गरेको भन्दै पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले विद्यार्थीहरुलाई पढाउन थालेको छ । सडकमा ट्राफिक नियम पालना गराउन विद्यालय तथा कलेजहरुमा गएर ट्राफिकले पढाउन थालेको हो । पूर्वका अधिकांश कलेज तथा विद्यालयमा पढाउन ट्राफिक सक्रिय भएका हुन् । सवारी कुदाउन जानून्, बुभूmन् भन्ने उद्देश्यले प्राथमिक, निम्न माध्यमिक र उच्च माध्यमिक तह तथा सर्वसाधारण, चालक–परिचालक र मजदुरहरुका लागि छुट्टाछुट्टै पाठ्यक्रम र फोटोसहितको कोर्स नै तयार गरिएको एसपी गिरीले जनाए । उनले भने, ‘हामीले यो योजना पूर्व क्षेत्रका ८२ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोष्टसम्म पु¥याएका छौँ ।’ उनका अनुसार पूर्व क्षेत्रमा ९ हजार ४ सय १५ पटक प्रशिक्षण दिइएकोमा ३९ हजार ७ सय २८ जना सहभागी भइसकेका छन् ।