पाँचथर / आचार संहिता विपरित वादी र प्रतिवादी दुबैको मुद्धा लेखिदिने पाँचथरका एक कानुन व्यवसायीमाथि पुनावेदन अदालत इलाममा मुद्धा दर्ता भएको छ । पेशागत मर्यादा र आआर संहितालाई ठाडै कुल्चिंदै मुद्धा लेख्ने अधिवक्ता चन्दनराज रेग्मी विरुद्ध फिदिम–२, का लय प्रसाद बाँस्कोटाले पुनरावेदन अदालत इलाममा मुद्धा दर्ता गराएका हुन् । मुद्धा दर्ता गरेपछि फिदिममा पत्रकार सम्मेलन गर्दै बाँस्कोटाले आचार संहिता पालना नगर्ने वकिललाई कानुनी कठघरामा उभ्याउँन मुद्धा दर्ता गर्नु परेको बताए । नेपाल वार एशोसिएसनले जारी गरेको आचार संहितामा एउटै मुद्धाको फिराद र प्रतिउत्तरमा एउटै कानुन व्यवसायीले सहिछाप गर्न नहुने उल्लेख छ । तर अधिवक्ता रेग्मीले वादी फिदिम–३, का ऋतुराज थेवेले वि.सं. २०५५ साल वैशाख २३ गते फिदिम–३, कै बुधरानी नेम्बाङ र कल्पना नेम्बाङलाई प्रतिवादी बनाएर दर्ता गरेको मुद्धाको लिखितम सही गरेका रेग्मीले सोही वर्षको जेठ २४ गते प्रतिउत्तरमा पनि सहीछाप गरेर जिल्ला अदालतमा प्रतिउत्तर दर्ता गराएको पत्रकार सम्मेलनमा बाँस्कोटाले बताए । अधिवक्ता रेग्मीले नेपाल वार काउन्सीलले उपलब्ध गराएको कानुन व्यवसायी प्रमाण पत्र नम्बर १३२३ को चरम दुरुपयोग गरेकाले उनी विरुद्ध मुद्धा दर्ता गर्नु परेको बाँस्कोटाले बताए । पत्रकार सम्मेलनको क्रममा बाँस्कोटाले नीज रेग्मीले सर्वसाधरण मानिसहरुलाई मुद्धा जिताउँने भन्दै दोहोरो रुपमा अनावस्यक उकास्ने र उनीहरु सँग सम्पत्ति र पैशाको बार्गेनिङ समेत गर्ने गरेको खुलासा गरे । यद्यपी अधिवक्ता रेग्मीले भने आफूले जानीजानी पक्ष र विपक्षको मुद्धामा सही नगरेको बताएका छन् । मुद्धाको फिराद आफूले लेखेको भए पनि कुनै लेखापढी व्यवसायीले प्रतिउत्तर लेखेर आफूलाई सही गराउँदा अन्जानवश त्रुटी भएको हुन सक्ने अधिवक्त रेग्मीले बताए । पुनरावेदन अदालत इलाममा रेग्मी विरुद्ध मुद्धा दर्ता गराएका बाँस्कोटाले नेपाल वार एशोसिएसन, सर्वोच्च अदालत, न्याय परिषद, सर्वोच्च अदालत वार इकाई र कानुन व्यवसायी परिषदमा समेत बोदार्थ दिएका छन् ।mudda photo 1 mudda photo 2