उर्लाबारी / मोरङको राजघाट– ६ स्थित मावा खोलाको बगरमा आज एक बृद्धको शव फेला परेको छ । नामथर नखुलेका अन्दाजी ६० वर्षीय वृद्धको शव खोलाले बगाएर ल्याएको अवस्थामा फेला परेको हो । स्थानीयबासीले बृद्धको शव खोलाले बगाएर ल्याएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कस्को हो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले बताए । रासस