tmb643_13605091624इलाम / इलामको पशुपतिनगरबाट प्रहरीले सोमबार भारतीय नम्बरको एक टाटा सुमो गाडीबाट १८ केजी लागूऔषध बरामद गरेको छ । नेपाल–भारत सीमा क्षेत्रस्थित इलामको पशुपतिनगर–४ फाटकबाट सोमबार बिहान भारतीय डब्लुबी–७६–७४६६ नम्बरको टाटा सुमोबाट १८ किलो लागूऔषध चरेशसहित धादिङ सेर्तुङ गाविस–२ का ३५ वर्षीय बुद्धिलाल तामाङ र रुपन्देही गजेडी गाविस–७ का होमबहादुर पुन तथा सुमो चालक भारतीय दार्जिलिङ सुकियापोखरी बस्ने मिलन भन्ने टाँसी शेर्पा पक्राउ परेका हुन् । पशुपतिनगर इलाका प्रहरी कार्यालयका सई उज्ज्वल खड्गीको कमाण्डमा खटिएको टोलीले नियमित सवारी जाँच गर्ने क्रममा नेपालबाट भारततर्पm जाँदै गरेको उक्त टाटा सुमो गाडी जाँच गर्दा गाडीभित्र रहेको रातो रङ्गको सुटकेश र हरियो ह्याण्ड ब्यागबाट चरेश बरामद भएको थियो । पक्राउ परेका व्यक्तिहरुको साथबाट भारतीय एक हजार दरका २० थान र ५ सय दरका ५३ थान तथा नेपाली एक हजारको ७० थान नोटसमेत बरामद भएको छ । तीनैजनालाई थप अनुसन्धानपछि मङ्गलबार म्याद थप गरिएको इप्रका पशुपतिनगरले जनाएको छ ।